कीवर्डहरू -

स्टार्टअप एन्ड इन्नोभेसन मेला\'मा हाम्रो पात्रोको कम्यूनिटीद्वारा सञ्चालित ’फोटो कन्टेस्ट’को नतिजा सार्वजनिक

स्टार्टअप एन्ड इन्नोभेसन मेला\'मा हाम्रो पात्रोको कम्यूनिटीद्वारा सञ्चालित ’फोटो कन्टेस्ट’को नतिजा सार्वजनिक

'आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला'को क्रममा हाम्रो पात्रोको कम्यूनिटीद्वारा सञ्चालित ’फोटो कन्टेस्ट’को नतिजा सार्वजनिक भएको छ । यस फोटो कन्टेस्टमा अत्याधिक प्रयोगकर्ताहरुको सहभागीता र मेलाको दौरान वहाँहरुले खिच्नुभएका तस्वीर हाम्रो पात्रोको नयाँ प्रोडक्ट हाम्रो कम्यूनिटीको पेजमा पोष्ट भएको थियो ।

,शंकर सापकोटा, रोहित विष्ट, अश्लेशा महर्जन, लक्ष्मण भुषाल, परितोष भट्टराई र सुदिप अधिकारीले विशेष पुरस्कार प्राप्त गर्न सफल हुनुभएको छ।

पोष्ट भएका तस्वीरहरु मध्ये आजको मितिसम्म सबैभन्दा धेरै लाईक तथा कमेन्टको आधारमा विजेताहरु चयन भएको छ। सो क्रममा अत्याधिक लाइक र कमेन्ट प्राप्त गर्दै विशाल भुषालजी प्रथम पुरस्कार विजेता हुन सफल हुनुभएको छ। उहाले प्रथम पुरस्कारमा नियरले प्रदान गरेको ५०x १००x को टेलीस्कोप, मिडास ई क्लासको रु १२०० मूल्य बराबरको सदस्यता, आइसिटी म्यागजीनको एक वर्षको निशुल्क सदस्यता, एन्टीभाइरस, कपको साथसाथै हाम्रो पात्रोको अनलाइन ज्योतिष सेवामा वरिष्ठ ज्योतिषहरुसँग आफ्नो ग्रहगोचरको अवस्था सम्वन्धी जिज्ञासाहरु मेट्नको लागि परामर्श लिन सकिने निशुल्क कुपन कोड प्राप्त गर्नुहुनेछ। 

त्यसैगरी,शंकर सापकोटा, रोहित विष्ट, अश्लेशा महर्जन, लक्ष्मण भुषाल, परितोष भट्टराई र सुदिप अधिकारीले विशेष पुरस्कार प्राप्त गर्न सफल हुनुभएको छ। विशेष पुरस्कार अन्तर्गत उहाहरुले मिडास ई क्लासको रु १२०० मूल्य बराबरको सदस्यता, आइसिटी म्यागजीनको एक वर्षको निशुल्क सदस्यता, एन्टीभाइरस, कपको साथसाथै हाम्रो पात्रोको अनलाइन ज्योतिष सेवामा वरिष्ठ ज्योतिषहरुसँग परामर्श लिन सकिने निशुल्क कुपन कोड प्राप्त गर्नुहुनेछ। 

थापागाँउस्थित प्रेसिडेन्टियल बिजनेस स्कुलको ग्राउन्डमा आयोजना भएको प्रदर्शनीमा १० हजारभन्दा बढी मानिसहरुले अवलोकन गरेका थिए। सम्पूर्ण विजेता तथा सहभागीहरुलाई हाम्रो पात्रोको तर्फबाट धेरै धेरै बधाई १ विजेताहरुले पुरस्कारको लागि लिभिङ विथ आइसिटीको कार्यालयको नम्बर ०१-४७८६१०३ मा सम्पर्क गर्नुहोला।