कीवर्डहरू -

इक्यानको नयाँ कार्य समितिलाई क्याम्ब्रीजको स्वागत, आफ्नै भवन बनाउन सुझाब

इक्यानको नयाँ कार्य समितिलाई क्याम्ब्रीजको स्वागत, आफ्नै भवन बनाउन सुझाब

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का नवनिर्वाचित कार्य समितिलाई क्याम्ब्रीज इन्ष्टिच्युट अफ टेक्नोलोजीले बधाई तथा स्वागत गरेको छ ।

गत सोमबार क्याम्ब्रिजको केन्द्रीय कार्यालय बागबजारमा क्याम्ब्रीजका संस्थापक निर्देशक शिशिर सिंखडाले इक्यानको नवनिर्वाचित टीमलाई स्वागत सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै इक्यानका नवनिर्वाचत अध्यक्ष प्रकाश पाण्डेले इक्यानको कोड अफ कन्डक्ट भित्र रहेर ब्यवसाय गर्ने शैक्षिक परामर्श ब्यवसायीलाई मोटीभेट गर्न आफु सदैब लागि पर्ने बताए ।

पाण्डेले शैक्षिक परामर्श क्षेत्रका लागि सरकारले ल्याएको नियमावलीका केहि बुँदाहरु असहज भएकोले ती बुँदाहरु संसोधन गराउन आफ्नो विशेष पहल रहने बताए ।

‘हामीले आफ्नो मर्यादामा रहेर विद्यार्थी अभिभावकलाई शैक्षिक परामर्श दिइरहँदा सरकारले ल्याएका कतिपय बुँदाहरु हाम्रो पक्षमा सकारात्मक छैनन् तिनलाई सच्याउन मेरो प्रमुख पहलकदमी रहनेछ ।’ पाण्डेले भने ।

उक्त कार्यक्रममा उनले आफुलाई सर्वसम्मत इक्यानको अध्यक्षमा निर्वाचित गर्ने इक्यानीयनहरुलाई निराश नपार्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

स्वागत सम्मानमा बोल्दै क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले इक्यानले अब आफ्नै भौतिक पूर्वाधार सम्पन्न भवन बनाउनु पर्ने बताए ।

दुई दशक बढी भएको संस्थालाई स्थायीत्व दिन तथा वर्षेनी महंगो भाडा तिरेर बस्नुभन्दा ब्यापारीक भवन बनाउन लगानी गरेर आम्दानीका स्रोत समेत बढाउन सक्ने सिंखडाको भनाई थियो ।

‘अब इक्यानले आफ्नै भवन बनाउनु पर्छ, यसकालागि इक्यान सक्षम पनि छ, ब्यवसायीक भवन बनाएर गए यसको आम्दानीको स्रोतपनि बढ्छ ।’ सिंखडाले भने ।

उनले शैक्षिक परामर्श क्षेत्रलाई नियमन गर्न भनेर सरकारले भर्खरै ल्याएको नियमावलीका कतिपय बुँदाहरु परामर्शमैत्री नभएको अवस्थामा इक्यानले त्यसलाई संसोधन गर्न पहलकदमी गर्नुपर्ने बताए ।

उनले विगतमा भएका कमिकमजोरीलाई सुधारेर अगाडी बढ्न र ब्यवसायका हक अधिकार संस्थागत गर्न इक्यानले कुशल नेतृत्व पाएकोले अब द्रुतगतिमा काम गर्ने बेला आएको समेत बताए । साथै इक्यानलाई सबैको साझा इक्यान बनाउन सल्लाह समेत दिए ।

स्वागत तथा सम्मान कार्यक्रममा इक्यानका अध्यक्ष प्रकाश पाण्डेसँगै उपाध्यक्ष देविदास भट्टराई, शेषराज भट्टराई, कृष्ण केसी, महासचिब दीपकराज भुषाल, सचिव बासुदेव दाहाल, द्वितिय सचिब बालकृष्ण श्रेष्ठ, सदस्य भवनाथ हुमागाई र सुबास गौतमको उपस्थिति रहेको थियो ।