कीवर्डहरू -

यन्त्रको आठौं संस्करण भोलि देखि सुरु, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले उद्घाटन गर्ने 

रोबोटिक्स एसोसियसन नेपालले आयोजना गर्ने यस कार्यक्रममा नेपाल सहित भारत, बंगलादेश र भुटानले सहभागिता जनाउदै छन् ।

यन्त्रको आठौं संस्करण भोलि देखि सुरु, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले उद्घाटन गर्ने 

यन्त्रको आठौ संस्करण माघ १६ र १७ गते आयोजना हुने भएको छ । बिहान ९ बजे देखि दशरथ रंगशालामा सुरु हुने कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले गर्ने छन् ।

यस कार्यक्रममा यन्त्र म्यानुअल अखडा, यन्त्र नेशनल लिग, यन्त्र अटोमिटक अखडा लगायतका प्रतियोगिता हुदै छन् ।

यसमा यन्त्र नेशनल लिगले सुख र समृद्धिलाई सन्देश दिन खोजेको त्यसैगरी यन्त्र ब्याटल अखडाले विश्वमा कुनै वार नहोस भनेर सन्देश दिन खोजेको  र यन्त्र अटोमेटिक अखडाले अगलागी भएको ठाउँमा आगो निभाउनु पर्यो र बचाउनु पर्यो भन्ने सन्देश दिन खोजेको रोबोटिक्स एसोसियसन नेपालका अध्यक्ष विकास गुरुङले जानकारी दिएका छन् ।

रोबोटिक्स एसोसियसन नेपालले आयोजना गर्ने यस कार्यक्रममा नेपाल सहित भारत, बंगलादेश र भुटानले सहभागिता जनाउदै छन् ।

नेपाल सहित ४ वटा देशले तीनवटा प्रतियोगितामा भाग लिने छन् । भने माघ १७ गते  विजेतालाई ट्रफी तथा मेडल प्रदान गरिने छ ।