चाइनिज स्मार्टफोन कम्पनि हुवावेले २७ मार्चमा पेरिसमा आयोजना हुने इभेन्टमा नयाँ स्मार्टफोन लन्च गर्ने तयारी गरेको खबर सार्वजनिक गरेको छ । प्राप्त भएको नयाँ जानकारीका अनुसार कम्पनिले सार्वजनिक गर्ने फ्ल्यागशिप मोडलको ह्यान्ड सेट पी को लाइट,रेगुलर र प्लस भेरीयन्टमा निकाल्ने फैसला गरेको छ ।
लाइट भेरियन्टमा डुअल क्यामेरा सेटअप हुने बताइएको छ । साथै बाँकी दुइ प्रिमियम भेरियन्टमा भने तीनवटा क्यामेरा रहने खबर बाहिरिएको छ । अहिले स्मार्टफोन कम्पनिहरुले मल्टी क्यामेरा भएको ह्यान्डसेट निकाल्ने ट्रेण्ड बढेको छ । यो भन्दा अघि पनि नोकियाले पेन्टा लेन्स भएको फोन बनाइरहेको चर्चा सुन्नमा आएको थियो ।
स्पेनको वेब साइट कम्प्युटरहोयले दावा गरे अनुसार हुवावे पी ११ र पी २० लाइट फ्ल्याग्शिप भेरीएन्टमा डुअल क्यामेरा अथवा तीन क्यामेरा रहने दावी गरेको छ । लिक भएका तस्बिरमा हेर्दा फोनमा आइफोन एक्समा झैँ भर्टिकल क्यामेरा सेटअप रहेको छ । फोनमा युएसबि टाइप-सी पोर्ट,३.५ मिलिमिटर ज्याक तथा तलपट्टि लाउडस्पिकर रहन सक्ने अनुमान गरिएको छ ।
लिक भएको पी २० ह्यान्डसेटको तस्बिर हेरेर फोनको डिस्प्ले ५.८ इन्च र १८:९ एस्पेक्ट रेसियोमा रहेको अनुमान गरिएको छ । फोनमा हाईसिलिकन किरिन ९७० प्रोसेसर रहने र ४ जीबी र्याम सहित ३२ जीबी इनबिल्ट स्टोरेज रहने दावी गरिएको छ । यसका साथै हुवावेको उक्त नयाँ ह्यान्डसेट एन्ड्रोइड ८.० ओरियो अपरेटिङ सिस्टम चल्ने आशंका गरिएको छ ।