कीवर्डहरू -

२५६ जीबी स्टोरेज भेरियन्टमा पनि आयो गुगल ८ प्रो

२५६ जीबी स्टोरेज भेरियन्टमा पनि आयो गुगल ८ प्रो

प्रख्यात प्राविधिक कम्पनी गुगलले आफ्नो पछिल्लो स्मार्टफोन सिरिज गुगल पिक्सेल ८ प्रो १२५६ जीबी स्टोरेज भेरियन्टमा पनि सार्वजनिक गरेको छ । यसअघि १२ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टमा गूगल पिक्सेल ८ प्रो सार्वजनिक भएको थियो ।

तर फेरि गूगलले २५६ जीबी भेरियन्टमा पनि गूगल पिक्सेल ८ प्रो ल्याएको हो । गुगल पिक्सेल ८ प्रोमा ६.७ इन्च एलटिपिओ ओइलइडी डिस्प्ले छ, जसमा १२० हर्ज रिफ्रेस रेट र २४० निट्स ब्राइटनेस रहेको छ ।

यसमा गुगलको टेन्सर जी थ्री चिपसेट छ, जसमा टाइटन एम ट सेक्युरिटी को–प्रोसेसर दिइएको छ । क्यामेराको बारेमा कुरा गर्दा, पिक्सेल ८ प्रोमा ट्रिपल क्यामेरा सेटअप छ, जसमा ५० मेगापिक्सेल वाइड क्यामेरा, ४८ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा र ४८ मेगापिक्सेल टेलिफोटो क्यामेरा छ ।

यस डिभाइसमा सेल्फीका लागि १०.५ एमपी फ्रन्ट क्यामेरा छ । यसमा ५०५० एमएएच ब्याट्री छ, जसमा ३० वाट फास्ट चार्जिङ सपोर्ट छ । यो उपकरणमा ६.२ इन्चको डिस्प्ले छ, जसमा ५ गुणा टेलिफोटो जुम छ ।