कीवर्डहरू -

फेस अनलक फिचर सहितको हुवावेको नयाँ स्मार्टफोन अनर ७ सी सार्वजनिक

फेस अनलक फिचर सहितको हुवावेको नयाँ स्मार्टफोन अनर ७ सी सार्वजनिक

चाइनिज स्मार्टफोन कम्पनि हुवावेले अनरको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । हुवावेले सार्वजनिक गरेको उक्त फोन अनर ७ सी बजेट स्मार्ट फोन हो । यो ह्यान्डसेटमा एचडी डिस्प्ले छ र साथमा यसमा १८:९ को एस्पेक्ट रेसियोको स्क्रिन रहेको छ ।

हुवावेले सार्वजनिक गरेको नयाँ अनर ७ सी मा फेस अनलक तथा रियर माउन्टेड फिंगरप्रिन्ट सेन्सर लगायतका फिचर समेत रहेको छ । यो आज मार्च १३ बाटनै चाइनिज मार्केटमा उपलब्ध छ । तर यो भन्दा बाहेक अन्य देशहरुमा लन्च हुने तथा उक्त फोनको मूल्य कति हुने भन्ने बारेमा भने कुनै पनि जानकारी प्राप्त भएको छैन ।

अनर ७ सी को अपरेटिङ एन्ड्रोइड ८.० ओरियोमा रन गर्छ । हुवावेको नयाँ बजेट स्मार्टफोनमा ५.९९ इन्चको एचडी स्क्रीन ७२० x १४४० को रेजोलुसन आइपिएस डिस्प्ले छ । यसको पिक्सेल डेन्सीटि २६८ पीपीआइ र २.५ डी कर्भड ग्लास यसमा समाबेश छ । साथमा फोन ओक्टाकोर क्वालकम स्न्यापड्रागन ४५० एसोसीको प्रोसेसर यसमा छ । साथमा ४ जीबी र्याम समेत रहेको छ ।

फोनमा क्यामेराको कुरा गर्दा अनर एच सी मा डुअल क्यामेरा सेटअप छ,जसमा रियरमा फेज डीटेक्सन तथा अटोफोकस फिचर सहितको १३ एमपीको प्राइमरि सेन्सर र २ एमपीको सेकेण्डरी सेन्सर छ । थप फोनमा ८ मेगपिक्सेलको सेल्फी क्यामेरा छ,जसमा एफ/२.० एपरचर छ । अनर ७ सी मा ३२ जीबी/६४जिबि इन्बिल्ट स्टोरेज छ जसलाई माइक्रो एसडी कार्डको सहायताले बढाउन सकिन्छ ।

यी सम्पूर्ण कुराहरु चलाउनको लागि फोनमा ३००० इमएएचको ब्याट्री राखिएको छ । फोनमा ४ जी एलटिइ,३जि,३.५ एमएम ज्याक,ब्लुटुथ ४.२,वाईफाई ८०२.११,माइक्रो युएसबि तथा एफएम रेडियो समेत गरेर कनेक्टिभिटि अप्सन समाबेश छ । हुवावेको बजेट फोन अनर ७ सी मा प्रोक्सीमिटि,लाइट सेन्सर,एमबिएन्ट लाइट सेन्सर तथा फिंगरप्रिन्ट सेन्सर  जस्ता सेन्सरहरु उपलब्ध छन् ।