कीवर्डहरू -

सिभिल बैंकले ल्यायो किसान समृद्धि कार्ड, अनुदान सहितको ब्याजदरमा ऋण पाइने

सिभिल बैंकले ल्यायो किसान समृद्धि कार्ड, अनुदान सहितको ब्याजदरमा ऋण पाइने

सिभिल बैंकले किसानहरुको समृद्धिको लागि किसान समृद्धि कार्ड सञ्चालनमा ल्याएको छ । कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीनि अनुरुप बैंकले किसान कार्डको सुरुवात गरेको हो ।

कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोहि खाताबाट कर्जाको रुपमा बढि रकम पनि झिक्न सकिने व्यवस्था गरिएको छ ।

यो ऋण सुविधा लिन खेतीयोग्य जमीनलाई पनि धितोको रुपमा राख्न सकिन्छ भने ५ प्रतिशत अनुदान सहित ब्याजदरमा पाँच लाख रुपैयाँसम्मको ऋण सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ ।

यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा बचत खाता खोल्नु पर्नेछ । उक्त खातामा ग्राहकको बचत भएसम्म बैंकले ब्याज प्रदान गर्ने छ भने यदि खातामा भएको बचत भन्दा बढि रकम झिकेमा बैकलाई ब्याज बुझाउनु पर्ने हुन्छ । ऋण सुविधाको लागी कुनै फर्म वा कम्पनी दर्ता अनिवार्य नभएको बैंकले जनाएको छ ।