सोमबार साँझ आइसिटी अवार्ड २०२० का उत्कृष्ट १३ प्रोडक्टहरुको प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन हुने भएको छ । सोमबार साँझ साढे ५ बजेदेखि प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन हुनेछ ।
१४ जना जुरीको अगाडी उत्कृष्ट १३ प्रोडक्टले प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसनमा भाग लिनेछन् । यस अघि शनिबार इनोभेसन तथा स्टुडेन्ट क्याटेगोरीको प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन सम्पन्न भइसकेको छ ।
आगामी बुधबार उत्कृष्ट १२ स्टार्टअपको प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन हुने आयोजक समितिका संयोजक राजन लम्सालले बताए । प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसनको कार्यक्रम भर्चुअल रुपमा भइरहेको छ ।
उत्कृस्ट १३ प्रोडक्टमा A Novel Vehicle Tracking Device , ‘CPFDS’ - AML & KYC Management System, Fuseclassroom, Genius IPTV, Jeevee, MSecurity & Antivirus, Nyano Nani, OrderSathi.com, Ottish, RTVTR- Real Time Vehicle Tracking and Recognition System, SmartDoc Intelligent Document, Smart Ghar, Ved - ELearning पर्न सफल भएका छन् । प्रोडक्ट अवार्ड २०२० मा ३५ वटा प्रडक्टहरूको अनलाइन नोमिनेशन प्राप्त भएको थियो ।
सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित पाँचौं संस्करणको आइसिटी अवार्ड २०२० मा ११ विधाको लागि अनलाइन आवेदन खुला गरिएको थियो ।
विभिन्न ११ विधामा ३५० बढीको अनलाइन आवेदन प्राप्त भएको थियो । भदौ अन्तिम सातादेखि शुरू भएको छनौट प्रक्रिया जारी रहेको छ ।