कीवर्डहरू -

टेक वेबिनारको २३ औं श्रृंखलामा ‘मेन्टल मोडलिङ इन आइटी इण्डष्ट्री’ विषयमा सेसन हुँदैं

टेक वेबिनारको २३ औं श्रृंखलामा ‘मेन्टल मोडलिङ इन आइटी इण्डष्ट्री’ विषयमा सेसन हुँदैं

टेक वेबिनारको २३ औं श्रृंखलामा ‘मेन्टल मोडलिङ इन आइटी इण्डष्ट्री’ विषयमा कुराकानी गरिने भएको छ । आगामी आईतबार साँझ ६ बजे मेन्टल मोडलिङ इन आइटी इण्डष्ट्री’ विषयमा सेसन हुने भएको हो ।

यस वेबिनारको मुख्य उदेश्य भनेको आइटी उद्योगले कसरी काम गर्छ भन्ने अवधारणा तथा रुपरेखा, म्यानेजर तथा कर्मचारीको माइन्डसेट, उद्योगमा प्रविधिको प्रयोग र आइटी इण्डष्ट्री तिर विश्वको धारणा बारे जानकारी प्रदान गर्नु रहेको छ ।

यस वेबिनारमा ३ जना स्पीकर सहभागी हुने छन् । जसमा सन्तोष कोइराला, दिक्षान्त श्रेष्ठ र अवशाना पौडेल रहेका छन् ।

कोइराला टेक क्रयाप्टका कार्यकारी निर्देशक समेत हुन् । उनीसँग १८ वर्ष भन्दा बढीको सफ्टवेयर कम्पनी व्यवस्थापनको अनुभव रहेको छ ।

त्यस्तै श्रेष्ठ आइटी उद्यमी र सफ्टवेयर इन्जिनियर समेत हुन् । साथै उनी क्रियटर्स इन्स्टच्युट अफ विजनेश एण्ड टेक्नोलोजीका संस्थापक हुन् ।

त्यसैगरी पौडेल कोटिभिटी नेपालकी एशोसिएट प्रोजेक्ट म्यानेजर हुन् । उनको प्रोजेक्ट म्यानेजमेन्ट, अपरेसन र विजनेस टेभलपमेन्टमा एक्सपर्टिज रहेको छ ।