कीवर्डहरू -

कर्णाली प्रदेशका ८ जेहेन्दार विद्यार्थीलाई एनआइसी एसिया बैंकको छात्रवृत्ति

कर्णाली प्रदेशका ८ जेहेन्दार विद्यार्थीलाई एनआइसी एसिया बैंकको छात्रवृत्ति

एनआइसी एशिया बैंकले ६ प्रदेश कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई रू २ लाख रकम  छात्रवृत्ति वितरण गरेको छ ।

उक्त छात्रवृत्ति विद्यार्थीहरुको आगामी दिनको अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले कालिकोट जिल्लाबाट माध्यमिक शिक्षा हासिल गरी काठमाडौंमा अध्ययनरत जेहेन्दार तथा द्वन्दपीडित विद्यार्थीहरुलाई प्रदान गरिएको हो । 

बैंकले मुलुकभर फैलिएको आफ्नो १ सय ९२ वटा शाखा कार्यालयमार्फत विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको र भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ ।