कीवर्डहरू -

मोरङमा विद्यालयको कम्प्युटर चोरी गर्ने ३ जना पक्राउ

मोरङमा विद्यालयको कम्प्युटर चोरी गर्ने ३ जना पक्राउ

मोरङको कानेपोखरी गाउँपालिका ५ स्थित श्री मावि भौसाबारी स्कुलको कम्प्युटर चोरी गरेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कानेपोखरी गाउँपालिका ५ का २१ वर्षीय कञ्चन साह, २३ वर्षीय कमल अधिकारी र रङ्गेली ७ का ३७ वर्षीय मनोज साह रहेका छन् ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठका अनुसार दुई दिनअघि उनीहरुले विद्यालयभित्रको ल्याब कोठाको ताला फोडी ४ थान कम्प्युटरको मनिटर, किबोर्ड र माउस चोरी गरेका थिए ।