कीवर्डहरू -

हुवावेको चारवटा क्यामेरा सहितको नयाँ स्मार्टफोन वाई ९ र वाई ७ प्रो सार्वजनिक

हुवावेको चारवटा क्यामेरा सहितको नयाँ स्मार्टफोन वाई ९ र वाई ७ प्रो सार्वजनिक

विश्व प्रसिद्ध स्मार्टफोन उत्पादक कम्पनि हुवावेले नेपालमा आइतबार आयोजित एक मिडिया इभेन्टमा वाई सिरिजका आफ्ना दुई नयाँ स्मार्टफोनहरु वाई ९ र वाई ७ प्रो सार्वजनिक गरेको छ ।

हुवावे ब्रान्ड पछिल्लो समयमा नेपाली बजारमा धेरै मन पराईको स्मार्टफोन हो । यसअघि हुवावेले सार्वजनिक गरेको नोभा २ आईले पाएको व्यापक सफलता पश्चात हुवावेले पुन: वाई सिरिजका यी फोनहरु सार्वजनिक गरेको हो ।

\"\"

हुवावे वाई ९ २०१८ मा इन्टेलिजेन्ट चारवटा क्यामेरा र फुलभ्यु डिस्प्ले छ भने वाई ७ प्रो मा डुअल क्यामेरा तथा फुल्भ्यु डिस्प्ले उपलब्ध छ । वाई ९ को कुरा गर्दा यसमा ५.९३ इन्चको ठुलो फुल्भ्यु डिस्प्ले छ र यसको रेजोलुसन २१६० x १०८० रहेको छ ।

फोनमा ३ जीबी र्याम,३२ जीबी रोमका साथमा २५६ जीबी सम्म एक्सटर्नल मेमोरी अटाउँछ । वाई ९,२०१८ इन्टेलीजेन्ट ४ क्यामेरा फोनको रियरमा १३ एमपीको प्राइमारी र २ एमपीको सेकेण्डरी क्यामेरा छ र फ्रन्टमा भने १६+२ एमपीका क्यामेराहरु छन् ।

यसको मतलब हुवावेको यो फोनबाट उत्कृष्ट फोटोग्राफी गर्न सकिन्छ ।

बोके इफेक्ट र टोनिंग फ्ल्याशका लागि एफ २.२ को एपर्चर छ,यि फिचरहरुको समाबेश भएका कारण हुवावे वाई ९ लाई फोटो एक्स्पर्ट मान्न सकिन्छ ।

यो फोनमा  किरिन ६५९ ओक्टाकोर २.३६ जिएचजेड को प्रोसेसर तथा एन्ड्रोइड ८.० ओरियो अपरेटिङ सिस्टम छ भने फोनलाई चलाउनको लागि पावरफुल  ४००० एमएएचको  ब्याट्री राखिएको छ ।

\"\"

यसै गरि उक्त इभेन्टमा वाई ९ २०१८ संगै,वाई ७ प्रो पनि सार्वजनिक गरिएको थियो । वाई ७ प्रो पनि डुअल क्यामेरा एक्स्पर्ट हो । यसमा १३+२ एमपीको डुअल रियर क्यामेरा तथा ८ एमपीको फ्रन्ट क्यामेरा छ ।

यसमा कस्प्ले तथा एआर लेन्स मोड समेत समाबेश छ ।

हुवावे वाई ७ प्रो मा 5.९९ इन्चको एचडी + फुलभ्यु डिस्प्ले छ । १४४० x ७२० पिक्सेल रेजोलुसन छ । यो स्मार्टफोनले पनि ३ जीबी र्याम,३२ जीबी रोम र २५६ जीबी सम्म एसडी कार्ड सपोर्ट गर्दछ  साथमा ३००० इमएएचको ब्याट्रीको प्रयोग गरिएको छ ।

कम्पनिका अनुसार वाई ७ प्रो मा अत्याधुनिक सेक्युरिटी एल्गोरीद्म सहितको सबैभन्दा सुरक्षित फेसअनलकको बिशेषता छ  ।

कम्पनिले नेपाली बजारमा हुवावे वाई ९,२०१८ को मूल्य  २५ हजार ९ सय र वाई ७ प्रोको भने २० हजार ९ सय निर्धारण गरेको छ ।यी फोनहरु ब्ल्याक,गोल्ड र ब्लु कलरमा आजैबाट बजारमा उपलब्ध छन् ।