कीवर्डहरू -

अब स्न्यापच्याटबाट गर्नुहोस् ग्रुप भिडियो च्याट

अब स्न्यापच्याटबाट गर्नुहोस् ग्रुप भिडियो च्याट

अहिलेको समयमा युवापुस्ताहरु माझ निकै नै लोकप्रिय सामाजिक संजालको एप्लिकेशन स्न्यापच्याटमा नयाँ ग्रुप भिडियो च्याट फिचर आएको छ । स्न्यापच्याटले भित्र्याएको यो नयाँ फिचरमा एकैपटकमा १६ जना प्रयोगकर्ताले एक आपसमा च्याट गर्न सक्नेछन् ।

यसमा पनि सबैभन्दा रमाइलो फिचर के छ भने ग्रुप च्याटमा टेक्स्ट , भिडियो वा अडियोमार्फत जोडिने भन्ने प्रयोगकर्ता आफैँले निर्णय गर्न सक्छन् ।

जस्तै , कुनै ग्रुप च्याटमा तपाईं हुनुहुन्छ र त्यसमा आफ्नो भिडियो नदेखियोस् भन्ने चाहनुहुन्छ भने तपाईंले आफ्नो भिडियो अफ गरेर अडियोमार्फत च्याट गर्न सक्नुहुन्छ । अथवा , टेक्स्ट लेखेर मात्रै पनि त्यो ग्रुप च्याटमा सामेल हुन सक्नुहुन्छ ।

\"\"

भिडियो च्याट प्रयोग गर्दा पनि स्न्यापच्याटमा उपलब्ध सबै फेस फिल्टर प्रयोग गर्न सकिन्छ । यसले ग्रुप च्याट फिचरलाई झनै रोचक बनाएको छ । एकैपटक यति धेरै प्रयोगकर्ता जोडिन सक्ने र जुनसुकै माध्यमबाट पनि च्याटमा सामेल हुन सक्ने फिचर अहिले सम्म अन्य कुनै सोसल मिडियाले सुरु गरेका छैनन् ।

तर स्न्यापच्याटको यो फिचर बिस्तारै अन्य सोसल मिडियाहरु पनि सुरु गर्ने अनुमान गरिएको छ ।

ग्रुप च्याटसँग स्न्यापच्याटमा अर्को अपडेट पनि आएको छ । स्न्यापच्याटमा स्टोरीहरु सेयर गर्दा त्यसमा अन्य प्रयोगकर्तालाई पनि मेन्सन गर्न सकिन्छ । यसबाट ती स्टोरीमा प्रयोगकर्ताबीचको संलग्नता र कुराकानी झनै बढ्ने अनुमान छ ।