कीवर्डहरू -

न्यु समिट कलेजले ‘टेक ट्रीक्स २०१८\'आयोजना गर्दै

न्यु समिट कलेजले  ‘टेक ट्रीक्स २०१८\'आयोजना गर्दै

एसआईटीएस ( Society of Information technology students ) को सहयोगमा न्यु समिट कलेजले टेक ट्रिक्स २०१८ आयोजना गर्ने भएको छ। यो एउटा टेक एक्स्पो हो । यहाँ टेक्नोलोजीको क्षेत्रमा संलग्न भएका विभिन्न ब्यक्तीहरुलाई अभीप्रेरित गर्ने उद्देश्यले धेरै सेसन तथा प्रोग्रामहरु सन्चालन गरिन्छ । र साथमा अन्तकृया समेत गरिन्छ ।

उक्त एक्स्पो जेठको १५ र १६ गते संचालन हुनेछ यसका साथै समय १२ बजे  देखि ३ बजे  सम्म रहनेछ । ह्याकथन,प्रोजेक्ट डेमोन्स्ट्रेसन,जब प्लेसमेन्ट,गेमिंग सेसन,नेटवर्किंग तथा करियर काउन्सीलिंग गरि यो मेन इभेन्टलाई जम्मा ६ वटा सेसनहरुमा बिभाजन गरिएको छ । यसरि मेन इभेन्टमा जम्मा तीन हजार भिजिटरहरुको सहभागिता रहने अनुमान गरिएको छ ।

हरेक मुख्य कार्यक्रम गरिनुभन्दा अघि जहिले पनि प्रि-इभेन्टहरु संचालन गरिन्छ । यसले गर्दा सहभागी तथा आयोजकहरु बिचमा अन्तरक्रिया गर्न सहज हुन्छ । यसैलाई मध्यनजर गरेर टेकट्रिक्स २०१८ संचालन गरिनुभन्दा अघि हफ्ताको फरकमा सात वटा प्रि-इभेन्टहरु संचालन गरिने छ । कलेजले SEO,Data Service,Ui/UX, Wordpress  Theme Development,Android App Development,Soft Skill and Business Development,Game Development लगायतका ७ वटा प्रि-इभेन्टहरु राखेको छ । यी प्रि-इभेन्टहरु मध्येमा तीनवटा प्रि-इभेन्टहरु संचालन भैसकेका छन ।

इभेन्टको मुख्य  हाइलाइट भनेको टेक ट्रिक्स हो । उक्त इभेन्टमा संचालन हुने ६ वटा सेसनको बारेमा तल चर्चा गरिएको छ ।

ह्याकथन :

नेपालमा ह्याकथन इभेन्ट बिगत एक दशकबाट संचालन भइ आएको मानिन्छ । सयौको संख्यामा प्रोग्रमर्स,सफ्टवेयर तथा इन्टरफेस डिजाइनर,सिस्टम तथा वेभ डेभलपर्स एकै मंचमा आफ्नो सिप देखाउनको लागि उपस्थित हुन्छन । यसमा काठमाण्डौ भरका आइटी कलेजहरुको सक्रिय सहभागिता रहनेछ ।

प्रोजेक्ट डेमोन्स्ट्रेसन:

यो सेसनलाई प्रोजेक्ट डेमोन्स्ट्रेसन र प्रोडक्ट डेमोन्स्ट्रेसन गरि दुइ भागमा विभाजन गरिएको छ ।विभिन्न कलेजका बिद्यार्थीहरुले सहभागिता जनाउने छन् । पिपिटि द्वारा प्रोजेक्टहरु प्रस्तुत गर्नेछन् ।यसका साथै स्टार्टअपहरुले पनि आफ्नो स्टार्टअप प्रडक्ट मासको अगाडी प्रदर्शन गर्न सक्छन ।

जब प्लेसमेन्ट :

इभेन्टमा इम्प्लोयरहरुले पनि कम्पनिको लागि कर्मचारीको आवश्यकता सम्भवत : पुरा गर्न सक्छन् । अर्थात् यो इभेन्टको एउटा मुख्य उद्देश्य पनि जब सीकर्सलाइ जब अफरिंग इन्टर प्राइज सँग कन्ट्याक्ट गराउनु पनि हो ।

गेमिंग सेसन :

गेम मन पराउनेहरुका लागि यो इभेन्टमा फिफा तथा डोटा जस्ता पपुलर गेमको कम्पिटिसन छ । यो सेसनले सहभागीहरुलाइ मनोरन्जन प्रदान गर्दछ , यसकारण इभेन्टप्रति धेरै भन्दा धेरै सहभागीहरु आकर्षित हुन्छन् ।

नेटवर्किंग सेसन :

नेटवर्किंगको लागि टेकट्रिक्स एउटा सक्रिय क्षेत्र हो । यो कार्यक्रममा धेरै भन्दा धेरै सहभागीहरुले एक आपसमा अन्तरक्रिया गर्ने भएका कारण भबिस्यमा पनि कनेक्ट भइरहन्छन् । यसप्रकार यो इभेन्टले सहभागीहरु बीचमा नेटवर्किंगको काम गर्छ ।

करियर काउनसीलिंग :

यो सेसनमा विद्यार्थीहरुलाइ करियर काउन्सेलरले सल्लाह तथा सुझाव दिने गर्द्छन् । प्रोफेसनल लाइफमा कसरि अगाडी बढ्ने आदिका बारेमा सुझाब समेत दिइन्छ ।