कीवर्डहरू -

बिराटनगरमा ‘लाराबेल स्टेप जिरो’ ट्रेनिङ सम्पन्न

बिराटनगरमा ‘लाराबेल  स्टेप जिरो’ ट्रेनिङ सम्पन्न

बिराटनगरमा 'लाराबेल स्टेप जिरो ट्रेनिङ' सम्पन्न भएको छ । PUSET कलेजका अन्तिम सेमेस्टरमा अध्यनरत बिद्यार्थीहरुले आयोजना उक्त कार्यक्रममा २० जनाबढिको सहभागिता रहेको थियो । लाराबेल ट्रेनिङ इन्जीनियरिङ्ग तथा आइटीका विद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको थियो । अाईटीका बिद्यार्थीहरुको दक्षता बढाउने उद्देश्यसहित उक्त ट्रेनिङको आयोजना गरिएको थियो । ट्रेनिङ गत अप्रिल २ बाट अप्रिल ९ सम्म चलेको थियो ।

लाराभेल फ्री पिएचपी वेब फ्रेमवर्क हो । आथेन्टिकेशन, रुटिङ सेसन तथा क्याशिङ जस्ता वेब प्रोजेक्टहरुमा प्रयोग हुने कमन टास्कलाई सहज बनाउने गर्छ । लाराबेलले डेभलपरहरुलाई डेभलपिङ प्रोसेसमा सहयोग गर्छ ।

उक्त कार्यक्रममा लाराबेलको प्रयोग, यसको ज्ञान  र अहिलेको प्रोग्रमिंगमा नया ट्रेन्डको  बारेमा काठमाडौँबाट सहभागी प्रशिक्षक निरज घिमिरेले १ हप्तासम्म  तालिम दिएका  थिए । लिभिङ विथ अाईसीटी तथा बुलगार्डको सपोर्ट रहेको उक्त कार्यक्रम PUSET कलेजमा सम्पन्न भएको थियो ।