कीवर्डहरू -

बिराटनगरमा ‘लाराबेल स्टेप जिरो’ ट्रेनिङ सम्पन्न

बिराटनगरमा ‘लाराबेल  स्टेप जिरो’ ट्रेनिङ सम्पन्न

बिराटनगरमा लाराबेल स्टेप जिरो ट्रेनिङ सम्पन्न भएको छ । PUSET कलेजले लाराबेल ट्रेनिङ इन्जीनियरिङ्गका अन्तिम सेमेस्टरका विद्यार्थी तथा अन्य आइटी सम्बन्धित ब्यक्तीहरुलाई लक्षित आयोजना गरेको थियो । अाईटीका बिद्यार्थीहरुको क्षमता गराउने उद्देश्य उक्त ट्रेनिङको आयोजना गरिएको थियो । ट्रेनिङ गत अप्रिल २ बाट अप्रिल ९ सम्मा जम्मा नौ दिन सम्म चलेको थियो ।

लाराभेल फ्री पिएचपी वेब फ्रेमवर्क हो । आथेन्टिकेशन , रुटिङ सेसन तथा क्याशिङ जस्ता वेब प्रोजेक्टहरुमा प्रयोग हुने कमन टास्कलाई सहज बनाउने गर्छ । लाराबेलले डेभलपरहरुलाई डेभलपिङ प्रोसेसमा सहयोग गर्छ ।

PUSET कलेजले आयोजना गरेको उक्त तालिममा धेरै अाईटिका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।उक्त कार्यक्रममा लाराबेलको बारेमा परिचय तथा यस्को प्रयोगको बारेमा जानकारी प्रदान गरिएको थियो । साथै सो कार्यक्रम बिहान ११ बजे बाट ३ बजे सम्म चलेको थियो । लिभिङ विथ अाईसीटी तथा बुलगार्डको सपोर्ट रहेको उक्त कार्यक्रम PUSET कलेजमा सम्पन्न भएको थियो ।