कीवर्डहरू -

दूर सञ्चार क्षेत्रको नियामकहरुको सार्क स्तरीय बैठक काठमाडौंमा सुरु

दूर सञ्चार क्षेत्रको नियामकहरुको सार्क स्तरीय बैठक काठमाडौंमा सुरु

दूर सञ्चार क्षेत्रको नियामकहरुको सार्क स्तरीय बैठक काठमाडौंमा सुरु भएको छ। एशिया प्यासिफिक टेलिकम्युनिटीको आयोजना र नेपाल दूर सञ्चार प्राधिकरणको सहआयोजनामा काठमाडौंको सोल्टी होटलमा सुरु भएको १८ औं साउथ एशियन टेलिकम्युनिकेशन रेगुलेटर काउन्सिलको बैठकको उद्घाटन सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले गरेका हुन्।

दक्षिण एशियाका ८ मुलुक र इरान सहित कूल नौ मुलुक सदस्य रहेको काउन्सिलले आगामी एक वर्षको लागि नयाँ नेतृत्व छान्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार यस पटक एक वर्षको लागि नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा काउन्सिलको अध्यक्ष चुनिँदै छन्। यस अघि यस्तै बैठक बंगलादेशमा भएको थियो।

\"\"

प्राधिकरणका प्रवक्ता अर्यालले काउन्सिलको यो बैठकमा ब्रोड व्याण्ड लगायतका इन्टरनेट, स्पेकेटम्स, फाईभ जी लगायतका नयाँ प्रविधिको सम्भावना र प्रयोग, यसका समस्याहरु लगायतको विषयमा छलफल गर्नेछ। यो बैठकले अघिल्लो वर्ष तयार पारेको टेलिकम्युनिकेशन सम्बन्धी एक्सनप्लान २०१७ १८ मा आधारित भएर छलफल गर्नेछ।

यो एक्सन प्लान प्रत्येक दुई वर्षमा तयार पारिन्छ। ३ दिनसम्म चल्ने यो बैठकले यस बाहेक सूचना प्रविधि क्षेत्रको सर्वव्यापी चासोको विषयमा पनि छलफल हुनेछ।