लक्ष्मी बैंक लि.ले आफना ग्राहकहरुलाई सुरक्षित एवं नविनतम सुबिधा प्रदान गर्ने उद्देश्य सहित Verified by Visa (VbV) - 3D Secure Service द्वारा सुनिश्चितता प्रदान गरिएकोे, भिसा डेबिट कार्डहरु ल्याएको छ । यस्तो सुनिश्चितताले ग्राहकलाई अनधिकृत कारोबारहुन बाट जोगाउँदछ ।
एक पटक रजिस्टर्ड गरे पछि Visa Debit Card का प्रयोगकर्ताहरुले संसारको जुनसुकै स्थानबाट इनटरनेटको माध्यमबाट सुरक्षित एवं सहज रुपमा Online e-commerce को कारोवार गर्न सक्नुहुने छ ।
बर्तमान परिप्रेक्षमा संसारमा अधिकतम प्रयोगमा रहेको अनलाईन बजारको कारोवारलाई यस बैकका भिसा डेबिट कार्ड प्रयोगकर्ताले सजिलै अनि अझ बढी सुरक्षित तरिकाले प्रयोग गर्न सक्नुहुनेछ ।
अन्तर्राष्ट्रिय नेटवर्क सेवा प्रदायक कम्पनी भिजा इन्टरनेशनल मार्फत यो सेवा लक्ष्मी बैकका डेबिट कार्ड प्रयोगकर्ताहरुका लागि उपलब्ध गराईएको छ ।
भारतको
Izealiant Technologies Pvt. Ltd.
को प्राविधिक सहकार्यमा यो सेवा गर्न सुरु गरिएको हो । उक्त सेवा सुचारु गर्नको लागि बैकका भिजा डेबिट कार्ड प्रयोगकर्ताले कारोवार गर्दाको अवस्थामा वा यस बैंकको वेबसाइट
www.laxmibank.com
मा गई कुनै पनि समयमा यो सेवा सुचारु गर्न सक्नु हुनेछ ।