कीवर्डहरू -

विन सर्भर कम्युनिटीले \'ग्लोबल अजुर बुटक्याम २०१८\' आयोजना गर्दै

विन सर्भर कम्युनिटीले  \'ग्लोबल अजुर बुटक्याम २०१८\' आयोजना गर्दै

विन सर्भर कम्युनिटीले युनिग्लोब कलेजको सहयोगमा 'ग्लोबल अजुर बुटक्याम २०१८' आयोजना गर्ने भएको छ ।आइटी प्रोफेसनल तथा सफ्टवेयर डेभलपरहरुलागि उक्त इभेन्ट आयोजना हुन लागेको हो । 'ग्लोबल अजुर बुटक्याम  २०१८' मा पाँचौ बर्षको लागि रजिस्ट्रेशन खुला गरिएको छ ।

विश्वभरका आइटि प्रोफेसनलहरुले अजुर तथा क्लाउड कम्प्युटिंग सिक्न चाहन्छन । यसैक्रममा विनसर्भर कम्युनिटी नेपालले यो  अजुर बुटक्याम इभेन्ट एप्रिल २१,२०१८ मा आयोजना गर्न लागेको हो ।

आईटि प्रोफेसनल तथा आइटी अर्गनाइजेसनलाई मध्यनजर गर्दै यो इभेन्ट पुरै दिन अजुर सम्बन्धि टेक्नीकल सेसन राखिएको छ । यो इभेन्ट माइक्रोसफ्ट अजुर ट्रेनिंग किटमा आधारित सेसन र ल्याब सहित मिक्स हुनेछ ।

यो इभेन्टले आइटी कम्युनिटीका प्रोफेसनलहरुलाई फाइदा पुर्याउँछ । सेसनले  भने सर्विस फिचरको रुपमा इन्फ्रास्ट्रक्चर,डाटा सेन्टर, DevOps , Azure Intelligence आदिमा मा बढी ध्यान पुर्याउंछ ।

एप्रिल २१,२०१८ मा हुने Global Azure  Bootcamp 2018 इभेन्ट काठमान्डौको युनिग्लोब कलेजमा सम्पन्न हुनेछ भने क्याममा सहभागि हुनको लागि यो लिंक मा https://onedrive.live.com/survey?resid=1FBEFCC54D3402F!316586&authkey=!AERE6dlACGjzDl4 गएर रजिस्ट्रेसन गर्न सकिन्छ । यसका साथै बूट क्यामको लागि रजिस्ट्रेसन निशुल्क रहेको छ ।