कीवर्डहरू -

\'इम्याजिन कप २०१८\' को फाइनलमा नेपाली टिम सोचवेयर क्वालिफाइड

\'इम्याजिन कप २०१८\' को फाइनलमा नेपाली टिम सोचवेयर क्वालिफाइड

नेपालबाट टिम 'सोचवेयर' जसले 'इम्याजिन कप २०१८' को फाइनलको लागि अनलाईनबाट आवेदन दिएको थियो। श्रीलंका संगै सोचवेयर टिम फाइनलको लागि क्वालिफाइड भएको हो अब यो टिमले APAC (Asia Pacific) फाइनलमा सहभागिता जनाउने छ । यसैगरि उक्त फाइनलमा बिजयी भएमा जुलाई २०१८ मा हुने वर्ल्ड फाइनलमा सहभागी बन्न पाउने छ ।

नेपाल इन्जिनियरिङ कलेज नाट इदा रिजाल,मदन भण्डारी मेमोरियल कलेजबाट सिशिर श्रेष्ठ र कलेज अफ इन्फर्मेसन टेक्नोलोजी बाट मिलन थापाले 'इम्याजिन कप २०१८'को फाइनलमा भाग लिनेछन । यो तीनजनाको टोलिले एउटा टिम तयार गरेर स्टार्टअपको विकास गरेका छन्,जसले देशमा भबिष्यमा टेक्नोलीजीको बिकासमा सघाउ पुर्याउने छ ।

उनीहरु नेपालको कृषि क्षेत्रको विकासको लागि मेसिन लर्निंग,आर्टिफिसियल इन्टेलिजेंसलाइ एकिकृत गर्ने इन्टरनेट अफ थिंग्सका लागि काम गरिरहेका छन् ।

इम्याजिन कप बिद्यार्थीहरुको लागि माइक्रोसफ्टको एनुअल ग्लोबल कन्टेस्ट हो । यो प्रतिस्पर्धाको १६ औं सिरिज  २०१८ मा हुँदैछ  र यसको अफिसियल स्टार्ट भने २४ अक्टोबर २०१७ मा भएको थियो । यसमा दुइ राउण्डहरु रहनेछन। पहिलो राउण्ड ३० एप्रिल २०१८ मा हुनेछ ।

नेपालले टेक्नोलोजीको क्षेत्रमा भर्खर उदाउदै गरेको देश भएता पनि  विश्वमा भइरहेका धेरै अन्तराष्ट्रिय प्रतिष्पर्धाहरुमा रेकर्ड बनाइरहेको हुन्छ ।

गत बर्ष वर्ल्ड फाइनलको लागि ५४ जनाले ३९ देशको प्रतिनिधित्व गरेका थिए । जसमध्येमा नेपाल उत्कृष्ट १० मा पर्न सफल भएको थियो । यसरि अन्तराष्ट्रिय स्तरमा नेपाली बिद्यार्थीहरुले टेक्नोलोजीका बिषयहरुलाई प्रस्तुत गर्नु सम्पूर्ण देशकै लागि गौरबको बिषय हो ।