कीवर्डहरू -

नयाँ बर्षको अवसरमा सामसुङको नयाँ अफर

नयाँ बर्षको अवसरमा सामसुङको नयाँ अफर

सामसुङ इलेक्ट्रोनिक्स नेपालले नयाँ बर्ष २०७५ को अवसरमा 'नयाँ बर्षको उमंग सामसुङसँग' नामक योजना ल्याएको छ । योजाना अन्तर्गत सामसुङको टिभी तथा घरायसी उपकरणको खरिदमा १५ प्रतिशत सम्म छुट पाउने छन् । सामसुङले पहिलो पटक इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंकसँग साझेदारी गर्दै आफ्नो स्मार्ट टिभीको बिक्रिमा अनलिमिटेड इन्टरनेट तथा नेट टिभी सेवा प्रदान गर्ने भएको छ ।

३२ देखि ४३ इन्च सम्मको सामसुङ स्मार्ट टिभीको खरिदमा उपभोक्ताले १२ प्रतिशत क्यास ब्याक तथा ६ महिनाका लागि १० एमबिपीएसको अनलिमिटेड इन्टरनेट तथा नेट टिभी सेवा पाउने छन् । त्यसैगरि ४९ इन्च देखि ५५ इन्च सम्मको फ्ल्याट स्मार्ट टिभीको खरिदमा उपभोक्ताले १२ प्रतिशत क्यास ब्याक सहित ६ महिनाको लागि २५ एम्बिपिएस अनलिमिटेड इन्टरनेट तथा नेट टिभी सेवा प्राप्त गर्ने छन् ।

उपभोक्ताले सामसुङको सिंगल तथा डबल डोर रेफ्रिजेरेटरका केहि मोडेलमा पनि ११ देखि १५ प्रतिशत छुट दिने भएको छ ।त्यसैगरि टप लोड र फ्रन्ट लोड  वासिंग मेसिनको खरिदमा पनि १० प्रतिशत क्यास ब्याक दिइने कम्पनिले जनाएको छ । यो योजना देशभरका सामसुङ ब्राण्ड स्टोर तथा अधिकृत बिक्रेता १३ मे २०१८ सम्म लागु गरिएको कम्पनिले जनाएको छ ।(नयाँ पत्रिका )