कीवर्डहरू -

नयाँ बर्षदेखि नेपालमा फेसबुक बन्द हुने हल्ला मात्रै ( मन्त्रालयको बिज्ञप्ति सहित)

नयाँ बर्षदेखि नेपालमा फेसबुक बन्द हुने हल्ला मात्रै ( मन्त्रालयको बिज्ञप्ति सहित)

केहि दिन यता सामाजिक संजालमा  नेपालमा फेसबुक बन्द हुन लागेको खबर भाइरल भए संगै संचार तथा सूचना प्रबिधि मन्त्रालयले प्रेस बिज्ञप्ति जारि गर्दै उक्त सूचना गलत भएको बताएको छ ।

सूचना तथा संचार मन्त्रालयको लेटर प्याड तथा पूर्व माननिय मन्त्रिको नाम र हस्ताक्षर सहितको सूचना राखी २०७५ बाट पूर्ण रुपमा फेसबुक बन्द गरिने उल्लेख गरिएका पोस्टहरु सामाजिक संजालमा फैलिए पछि मन्त्रालयले उक्त सूचनाहरु भ्रम मात्रै भएको जनाएको हो ।

\"\"

थप मन्त्रालयले कुनै पनि सामाजिक संजाल बन्द गर्ने,प्रतिबन्ध लगाउने गरिको कुनै पनि निर्णय नगरेको र यस्तो गलत सूचना प्रबाह गर्ने व्यक्ति उपर कार्बाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अनुरोध समेत गरेको बताएको छ ।

साथै मन्त्रालयले यस्तो गलत र भ्रामक सूचनामा बिश्वास नगर्न र आ-आफ्नो सामाजिक संजाल खाताबाट यस्ता सूचनाहरु पोस्ट गरेको भए हटाउन आग्रह गरेको छ ।