कीवर्डहरू -

ओपोले \'यू एण्ड आइ\' क्याम्पेन सार्वजनिक गर्दै

ओपोले \'यू एण्ड आइ\' क्याम्पेन सार्वजनिक गर्दै

सेल्फी एक्पर्ट एण्ड लिडर , ओपोले नेपाली बजारमा चाँडै नै आपो एफसेवेन सार्वजनिक गर्दैछ ।

सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) प्रविधि समाहित गरिएको ओपो एफसेवेन नयाँ सदस्यका रुपमा कम्पनीले सार्वजनिक गर्न लागेको हो ।

नयाँ सेल्फी एक्स्पर्टको सार्वजनिकका लागि आयोजित हुने बृहत समारोहलाई अझ रोचक बनाउने उद्देश्यका साथ कम्पनीले विभिन्न आकर्षक तथा रोमाञ्चक योजनाहरु ल्याउने घोषणा गरेको छ ।

ओपोका अनुसार आफ्ना प्रशंसकहरुका लागि कम्पनीले यू एण्ड आई क्याम्पेन ल्याउने तयारी गरेको छ ।
ओपो एफसेवेन क्याम्पेनको एक अभिन्न अंगका रुपमा योजनाबद्ध गरिएको यू एण्ड आई मार्फत कम्पनीले आफ्ना प्रशंसक तथा प्रयोगकर्ताको भरपूर सहभागिताको आशा राखेको छ ।

यो क्याम्पेनमा सहभागिता जनाई दूई भाग्यशाली विजेताले ओपो एफसेवेनका लागि काठमाडौंमा आयोजना हुन गइरहेको बृहत सार्वजनिक समारोहमा सहभागिता जनाउने अवसर प्राप्त गर्न सक्नेछन् ।

योजनाको सञ्चालन कम्पनीले ओपो नेपालको आधिकारिक फेसबुक पेज , ईन्स्टाग्राम र ट्विटर मार्फत गर्ने जानकारी दिएको छ । यू एण्ड आई क्यामपेनका लागि कम्पनीले दूई नेपाली यूवा स्टारको छनोट समेत गरिसकेको छ ।

योजनाका विजेताका लागि कार्यक्रममा सहभागिताका साथै तिनका प्यारा स्टारका साथमा सेल्फी खिच्न पाउने तथा अन्य विभिन्न सरप्राइजको समेत ब्यवस्था रहेको छ ।