कीवर्डहरू -

नयाँ एप्स, थर्डह्वील नेपाल डाउनलोड गरि अब घरमै आफ्नो सवारि मर्मत गर्नुहोस

नयाँ एप्स, थर्डह्वील नेपाल डाउनलोड गरि अब घरमै आफ्नो सवारि मर्मत गर्नुहोस

इम्प्याक्ट आईटी प्रा.लि. ले आफ्नो नव प्रवर्तनात्मक मोबाइल एप्स , थर्डह्वील नेपाल , नेपाली बजारमा ल्याएको छ । नेपाल पनि बिज्ञान र प्रविधी सँगै अघि बढिरहेको छ , उत्साहप्रद अनि नौला उत्पादनहरुले नेपाली जिवन सरल र सहज पार्ने काम गरिरहेको छ । यस्तै उत्पादन मध्ये एउटा फरक तर बहुउपयोगी एप्स हो , थर्डह्वील नेपाल।

थर्डह्वील अर्थात् तेश्रो चक्का , दुई पांग्रे सवारी साधन प्रयोग गर्ने नेपालीहरुका लागि यो मोबाइल एप्स एउटा बरदान सावित हुने अनुमान गरिएको छ । मध्यम बर्गिय आर्थिक स्तर भएका अधिकांश नेपालीहरु दुई पाँग्रे सवारी साधनमा निर्भर रहेका छन् ।

साथै  उक्त दुइ पांग्रे सवारी बिग्रिएमा  यसको मर्मत संभार लगायत आकस्मिक कार्य तथा डोर्याएर बनाउने ठाँउ सम्म लिएर जाँदा धेरै समय र मेहनत खर्च हुने गर्दछ।

समय मुल्यवान छ र सवारी साधनको मर्मत संभार लगायतका अनुत्पादक कुराहरुमा समय खर्च गरिरहनु नपरोस भन्ने हिसाबले इम्प्याक्ट आईटी प्रा. लि.ले यो मोबाइल एप्स,थर्डह्वील नेपालको निर्माण गरेको हो ।

यसले साँच्चीकै प्रयोगकर्ताहरु लाई तेश्रो चक्काको सहारा दिने उद्देश्य लिएको कम्पनिले जनाएको छ ।

कतै जाँदा बाटामै दुई पांग्रे सवारी , स्कुटर अथवा बाइक बिग्रियो र डोर्याउदै बनाउने ठाँउसम्म लिएर जान पर्ने भयो अथवा  गुणस्तर यूक्त मर्मत अनि पार्टपूर्जाका लागि समेत थर्डह्वील नेपालको सहारा लिन सकिन्छ ।

उक्त मोबाइल एप्स थर्डव्हील नेपाललाई निशुल्क: डाउनलोड गरेर यसको प्रयोग गर्न  सकिन्छ । यसको प्रयोग गर्नको लागि सामान्य रुपमा यो एप्समा आफ्नो जानकारी र

सवारी साधनको विवरणहरु दर्ता गराउनुपर्छ यसपछि आवश्यक परेको बेलामा थर्डव्हील नेपाल एप्सको प्रयोग गरेर यसबाट आवश्यक सेवा लिन सकिन्छ ।

सर्भिसिगं या बाइकको अन्य केही मर्मत गर्नु परेमा अथवा कतै जाँदा बाटोमै सवारी साधन बिग्रिएमा कार्यालय वा घरबाटै अथवा सोहि स्थानबाटै थर्डव्हील नेपाल मार्फत बाइकलाई मर्मतका लागि पठाउन सकिनेछ ।

कम्पनिले सवारी प्रयोगकर्ताहरुलाई समयमा गुणस्तरिय सेवा प्रदान गर्नु नै आफ्नो लक्ष्य रहेको र स्मार्ट सिटी निर्माणको लागि पनि यो सेवाले थप मद्दत पुर्याउने समेत जनाएको छ ।