कीवर्डहरू -

ऑर्टिफीशियल इंटेलीजेंस क्यामेरा सहितको अनर १० सार्वजनिक

ऑर्टिफीशियल इंटेलीजेंस क्यामेरा सहितको अनर १० सार्वजनिक

हुवावेले यो बर्ष २०१८ शुरुवातमा पी २० र पी २० प्रो लन्च गरेको थियो । अहिले हुववेको सब ब्राण्ड अनरले आफ्नो २०१८ को आफ्नो फ्ल्यागशिप अनर १० चीनमा लन्च गरेको छ । अनरको उक्त फोन ग्लोबली अर्को महिना उपलब्ध हुनेछ ।

अनर १० को ६४ जीबी र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य क्रमश २५९९ युआन र २९९९ युआन तोकिएको छ । यो फोनले अब लन्च हुनेवाला वानप्लस ६ सँग प्रतिष्पर्धा गर्ने छ । अनर १० मा ५.८४ इन्चको फुल एचडी डिस्प्ले छ साथमा २२८०/१०८० एलसीडी रेजोलुसन छ ।

अनरको यो नयाँ फ्ल्यागशिप मोडलमा फ्रन्ट र रियरमा एआइ क्यामेरा दिएको छ । उक्त फोन बजारमा पर्पल , ब्ल्याक,ब्लु र ग्रे कलर विकल्पमा उपलब्ध हुनेछ । फोनमा हाइसिलिकन किरिन ९७० ओक्टा-कोर प्रोसेसर सँगै ६ जीबी र्याम र १२८ जीबी रोम दिईएको छ । डिभाइसले लेटेस्ट ओएस एन्ड्रोइड ओरियोमा कम गर्छ ।

अप्टिक्सको कुरा गर्दा फोनमा १६ एमपीको आरजीबी सेन्सर र २४ एमपीको मोनोक्रोम सेन्सर दिएको छ । साथै सेल्फीको लागि २४ एमपी सेन्सर छ ।फोनमा ३४०० एमएएचको ब्याट्री दिइएको छ । यसको ब्याट्रीले सुपर फास्ट चार्जिंङ सपोर्ट गर्दछ ।