कीवर्डहरू -

क्रम्पटन एप्लायन्सेस नेपालको \' प्रेडिक्ट एण्ड विन \' अफर

क्रम्पटन एप्लायन्सेस नेपालको \' प्रेडिक्ट एण्ड विन \' अफर

क्रम्पटन एप्लायन्सेस नेपालले आइपिएल प्रेडिक्ट एण्ड विन अफर ल्याएको छ । यो कम्पनिले नेपालमा क्रम्पटन एप्लायन्स ब्रान्डका विभिन्न डिजाइनका मिक्सर ग्राइन्डरहरु बिक्रि गर्ने गर्दछ । हालै  भारतमा क्रिकेट प्रतियोगिता इन्डीयन प्रिमियर लिग ( IPL) संचालन भइरहेको छ ।

आइपिएलमा नेपाली  क्रिकेट खेलाडी सन्दिप लामिछाने पहिलो पटक छनौट भएका कारण नेपालमा आइपिएलको क्रेज पछिल्लो पटकको भन्दा बढी देखिएको छ । यसकारण नेपाली क्रिकेट प्रेमीहरुलाई लक्षित गरेर क्रम्पटन एप्लायन्सेस नेपालले उक्त अफर ल्याएको हो ।

यस अफरमा लक्की ड्र मार्फत दैनिक एक भाग्यशालि बिजेताले नेपाली क्रिकेट टिमको जर्सी र बम्पर उपहारमा ५५ लिटरको कुलर ओजोन समेत जित्न सक्नेछन् । यसको लागि आइपीएलमा खेल सुरु हुनु भन्दा अघि कसले खेल जित्छ भनेर अनुमान लगाउनु पर्ने हुन्छ ।

लक्की ड्र मार्फत दैनिक उपहार जित्नको लागि क्रम्पटन एप्लायन्सेस नेपालको फेसबुक पेजमा लाइक गर्नु पर्ने हुन्छ । त्यसपछि आजको खेल कसले जित्छ भन्ने प्रश्नको कमेन्टमा गइ प्रेडिक्ट गर्नु पर्ने हुन्छ । यदि तपाईले गर्नु भएको अनुमान सहि भएमा तपाईले लक्की ड्र मार्फत उपहार जित्न सक्नुहुन्छ ।

तर यसका केहि नियमहरु छन् जस्तै कमेन्टमा गएर प्रेडिक्ट गर्नका लागि तपाईले क्रम्पटन एप्लायन्सेस नेपालको फेसबुक पेज पहिला लाइक गर्नु पर्ने हुन्छ, खेल सुरु हुनु भन्दा अघि टस पछि गरेको प्रेडिक्ट मान्य हुने छैन र डबल कमेन्ट तथा एडिट गरिएका कमेन्टहरु समेत मान्य हुनेछैनन् ।