कीवर्डहरू -

लेनोभोले सार्वजनिक गर्यो मोटोरोला इ ५ सीरीजका तीन नयाँ स्मार्टफोन

लेनोभोले सार्वजनिक  गर्यो  मोटोरोला इ  ५ सीरीजका तीन नयाँ स्मार्टफोन

लेनोभोले मोटो इ ५ सिरिजको तीनवटा नयाँ स्मार्टफोन्स सार्वजनिक गरेको छ । यी तीन नयाँ स्मार्टफोनहरुमा Moto E5, Moto E5 Plus Moto E5 Play समावेश छ । यी तीनै स्मार्टफोनको फिचर्सको बारेमा तल चर्चा गरिएको छ ।

Moto E5 Plus:

मोटो E5 PLUS मा ६ इन्चको एचडी प्लस आइपीएस डिस्प्ले छ। यसको रेजोलुसन ७२० X १४४० पिक्सेल छ । साथै फोनको एस्पेक्ट रेसियो १८:९ छ । फोनमा प्रस्तुतिको बारेमा कुरा गर्दा,३ जीबी र्याम तथा ३२ रोम दिईएको छ । फोनको स्टोरेजलाई माइक्रोएसडी कार्डको सहायतामा १२८ जीबी सम्म बढाउन सकिन्छ ।

फोन स्न्यापड्रागन ४३५ प्रोसेसरमा रन गर्छ । यसमा १२ मेगपिक्सेलको रियर र ५ मेगपिक्सेलको फ्रन्ट क्यामेरा दिईएको छ । यो डिभाइसले एन्ड्रोइड ८.० अपरेटिङ सिस्टममा काम गर्दछ। साथै ५००० एमएएचको पावरफुल ब्याट्रीको प्रयोग भएका कारण यसले ब्याक अप पनि राम्रो दिन्छ ।

१५ मिनट सम्म मात्रै चार्ज गरेपनि फोनलाई  ६ घण्टा सम्म प्रयोग गर्न सकिन्छ । फोन ब्ल्याक,ब्लु, ग्रे तथा फाइन गोल्ड कलरमा लन्च गरिएको छ । मोटो E5 PLUS को बजार मूल्य  १६९ युरो तोकिएको छ ।

Moto E5:

Moto E5 मा पनि ५.७ इन्चको ठुलो डिस्प्ले राखिएको छ । यसको एस्पेक्ट रेसियो १८:९ छ । १.४ जिएचजेड क्वाड-कोर स्नाप ड्रागन ४२५ चिपसेटमा रन गर्छ । मोटोरोलाको यो सेटमा २ जीबी र्याम रहेको छ । यो डिभाइसले एन्ड्रोइड ८.० अपरेटिङ सिस्टममा काम गर्दछ ।

यसमा क्यामेराको कुरा गर्दा १३ मेगपिक्सेलको रियर तथा सेल्फीका लागि ५ एमपीको फ्रन्ट क्यामेरा छ । यसकारण  मोटो को यस क्यामेरा बाट राम्रा राम्रा तस्बिरहरु लिन सकिन्छ । यसमा पनि ४००० एमएचको पावरफुल ब्याट्रीको प्रयोग गरिएको हुनाले ब्याट्री ब्याक अप धेरै घण्टा सम्म दिन्छ ।

यो फोन सिंगल र डुल सिम भेरियंटमा उपलब्ध छ । कम्पनिले यो फोनको मूल्य १४९ युरो तोकेको छ ।

मोटो E5 Play :

मोटोरोलाको यो सेटमा ५.२ इन्चको एचडी डिस्प्ले छ,यसको रेजोलुसन ७२० X १२८० पिक्सेल छ । फोनमा २ जीबी र्याम र १६ जीबी इन्टरनल स्टोरेज छ । यसलाई एसडी कार्डको सहयोगमा १२८ जीबी सम्म बढाउन सकिन्छ । स्नाप ड्रागन ४२५र ४२७  प्रोसेसर छ ।

फोनमा १३ मेगपिक्सेलको रियर र ८ मेगपिक्सेलको फ्रन्ट क्यामेरा छ । यो डीभाइसमा भने २८०० एमएएचको ब्याट्री छ । कम्पनिले मोटो E5 Play को मूल्यको बारेमा केहि बताएको छैन । यसका साथै अन्य ठाउहरुमा कहिले सार्बजनिक गर्ने तथा यसको मूल्य कति रहने भन्ने बारेमा कम्पनिले केहि जानकारी दिएको छैन ।