कीवर्डहरू -

लिनोभोले सार्वजनिक गर्यो मोटो जी ६,मोटो जी ६ प्लस तथा मोटो जी ६ प्लस गरि तीनवटा स्मार्टफोनहरु

लिनोभोले सार्वजनिक गर्यो मोटो जी ६,मोटो जी ६ प्लस तथा मोटो जी ६ प्लस गरि  तीनवटा  स्मार्टफोनहरु

लिनोभोको अधिकार भएको मोटोरोलाका तीनवटा स्मार्टफोनहरु मोटो जी ६,मोटो जी ६ प्लस तथा मोटो जी ६ प्लस आधिकारिक रुपमा लन्च भएको छ । तीनवटै फोनहरु मध्येमा सबैभन्दा पावरफुल मोटो जी ६ प्लस हो । अन्य दुइ फोनहरुको तुलनामा यो ह्यान्ड सेट ठुलो डिस्प्ले,तेज प्रोसेसर र् ज्यादा र्यामको साथमा आएको छ । तल हेरौँ यी तीनवटै फोनका फिचरहरु:

Moto G6 Plus :

मोटो जी ६ प्लसमा ५.९३ इन्चको डिस्प्ले छ र यसमा १८:९ को एस्पेक्ट रेसियो छ । यसको स्क्रिनमा  फुल एचडी प्लस रेजोलुसन छ । एन्ड्रोइड ८.० ओरियोमा चल्ने यो ह्यान्ड सेटमा स्नाप ड्रागन ६३० प्रोसेसरले काम गर्छ । साथै यसमा ४ जीबी र्याम र ६४ जीबी रोम छ र यसलाई १२८ जीबी सम्म बढाउँन सकिन्छ ।

फोनमा क्यामेराको कुरा गर्दा रियरमा १२+५ एमपीको डुअल क्यामेरा सेटअप दिएको छ भने फ्रन्टमा ८ मेगपिक्सेल छ । मोटो जी 6 प्लसमा ब्याट्री क्षमता ३२०० एमएएच छ र यसले टर्बो पावर टेक्नोलोजी सपोर्ट गर्दछ । १५ मिनट चार्ज गरेको ब्याट्रीले ७ घण्टा सम्म ब्याक अप दिने कम्पनिले दाबि गरेको छ ।

Moto G6 :

मोटो जी ६ को कुरा गर्दा यसमा ५.७ इन्चको डिस्प्ले छ,यसमा  फुलएचडी प्लस रेजोलुसन र् १८:९ एस्पेक्ट रेसियो छ । ह्यान्ड सेटमा स्नाप ड्रागन ४५० प्रोसेसर छ। ३ जीबी र्याम र ३२ जीबी इन्टरनल मेमोरी छ,जसलाई १२८ जीबी सम्म बढाउन सकिन्छ । यो फोन पनि अन्य फोनहरु झैँ एन्ड्रोइड ८.० ओरियो अपरेटिङ सिस्टममा चल्छ ।

मोटो जी ६ मा १२+५ एमपीको डुअल रियर क्यामेरा छ,साथमा डुअल टोन,डुअल लेन्स फ्ल्यास आदि फिचर्स समेत समावेश छ । मोटोरोलाको यो ह्यान्डसेटमा पनि ३००० एमएएचको पावरफुल ब्याट्री दिइएको छ । यसले पनि टर्बोचार्ज सपोर्ट गर्छ ।

Moto G6 Play :

लिनोभोले सार्वजनिक गरेको अर्को फोन मोटो जी ६ प्ले हो । यसमा १८:९ एसपेक्ट रेसियो छ र् यसको डिस्प्लेमा एचडी प्लस रेजोलुशन छ । यो फोन स्टक एन्ड्रोइड ८.० मा रन गर्छ । यसमा डुअल सिमको सुबिधा छ । यो ह्यान्डसेटमा स्नाप ड्रागन ४३० प्रोसेसरको प्रयोग भएको छ,जसको क्लक स्पिड १.४ जीएचजेड छ ।

प्रयोगकर्ताहरुले यसमा ३ जीबी र्याम तथा ३२ जीबी इन्टरनल स्टोरेज प्राप्त गर्छन । उक्त स्टोरेजलाई १२८ जीबी सम्म बढाउँन सकिन्छ । मोटो जी ६ प्लेमा १३ मेगापिक्सेलको रियर क्यामेरा छ र् सेल्फी प्रेमीहरुका लागि भने ८ मेगपिक्सेलको क्यामेरा छ । मोटो जी 6 प्लेमा ४००० एमएएचको पावरफुल ब्याट्री रहेको छ । कनेक्टिभिटीको लागि फोनमा ४ जी एलटीई , वाई-फाई , ब्लूटूथ , हेडफोन ज्याक आदि रहेको छ ।

दुई स्मार्टफोन Moto G6 Moto G6 Plus को फ्रन्टमा डिस्प्लेको तल फिंगरप्रिंट सेंसर दिइएको छ । तर मोटो जी ६ प्ले मा भने फिंगरप्रिन्ट सेन्सर रियरमा दिइएको छ ।

लिनोभोले यी स्मार्टफोनहरुको बिक्रि ब्राजिलबाट शुरु गरेको छ भने अन्तर्राष्ट्रिय बजारमा अर्को महिनाबाट बिक्रि शुरु हुने कम्पनिले बताएको छ । यी फोनहरुको मूल्यको बारेमा कुरा गर्दा कम्पनिले मोटो जी ६ प्लेको मूल्य १९९ युरो ,मोटो जी ६ प्लस को मूल्य २९९ युरो र् मोटो जी ६ को भने २४९ युरो तोकेको छ ।