कीवर्डहरू -

पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ४८ जना प्रहरीको नियन्त्रणमा

पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ४८ जना प्रहरीको नियन्त्रणमा

पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ४८ जना व्यक्तिहरूसहित ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

पुस ७ गते गते काठमाण्डौका विभिन्न स्थानहरुबाट अनधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने (Offline Trips/Ride) कृयाकलापमा संलग्न ४८ जना व्यक्तिहरुसहित ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ । 
विगतका केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सृजना हुने भएको कारणले Offline Ride Share नगर्ने तर्फ सचेत रहन सम्पूर्ण सरोकारवालाहरु तथा आम सर्वसाधारणहरुमा जिल्ला प्रहरी परिसर, काठमाण्डौले अनुरोध गरेको छ ।