कीवर्डहरू -

सनवे कलेजमा थ्रिडी प्रिन्टिङ ल्याब, कसरी काम गर्छ थ्रिडी प्रिन्टर ? (भिडियोसहित)

सनवे कलेजमा थ्रिडी प्रिन्टिङ ल्याब, कसरी काम गर्छ थ्रिडी प्रिन्टर ? (भिडियोसहित)

सनवे कलेजले थ्रिडी प्रिन्टिङ ल्याब सेटअप गरेको छ । स्कुल परियोजना र विद्यार्थीहरुलाई एआई र आईओटी सिस्टममा प्रेरित गर्न सनवे कलेजले थ्रिडी प्रिन्टिङ ल्याब सेटअप गरेको हो ।

कलेजले भित्र्याएको थ्रीडी प्रिन्टरबाट अटोक्याड सफ्टवेयर प्रयोग गरी कुनै पनि मोडेललाई थ्रीडीमा प्रिन्ट गर्न सकिन्छ ।

यसले थ्रिडीमा कुनै पनि सामग्री बनाउन पोलिमर जस्तै पीएलए (पोलि ल्याटिक एसिड) प्रयोग गर्ने गर्छ ।  पीएलए कोठाको तापक्रमा सुख्खा हुन्छ र वास्तविक आकारमै रहन्छ ।

थ्रिडी प्रिन्टरमा बेड, स्क्ट्रर र एक्सेस फ्रेम राखिएको छ । एक्सेस फ्रेमले एक्सवाईजेड एक्सिसलाई मुभ गर्न सहयोग गर्छ । यसमा मुभमेन्टका लागि स्टेपर पनि प्रयोग गरिएको छ ।

यसमा मेमोरी कार्ड स्लट पनि रहेको छ । जसबाट कन्ट्रोल प्यानलको सहयोगले डिजाइन प्रिन्ट गर्न सकिन्छ । कन्ट्रोल प्यानल एलसीडी स्क्रीनमा रहेको हुन्छ ।

यसमा थ्रीडी पेन मार्फत थ्रीडी ड्रइङ पनि गर्न सकिन्छ । जसका लागि तापक्रम १५० देखि २०० डिग्री सेल्सियससम्म मेन्टेन गर्नुपर्ने हुन्छ ।  इन्डर थ्री प्रिन्टरको मूल्य करिब ७० हजार रूपैयाँ रहेको छ भने इन्डर थ्री प्रिन्टरको मूल्य १ लाख २० हजार देखि १ लाख ३० हजार रूपैयाँ सम्म पर्ने गर्छ ।

यसरी काम गर्छ थ्रिडी प्रिन्टर