कीवर्डहरू -

नयाँ डिजाइनको डिस्कभर सार्वजनिक

नयाँ डिजाइनको डिस्कभर सार्वजनिक

बजाजको नेपालको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाज डिस्कभर १२५ सिसिको नयाँ अवतार नेपाली बजारमा ल्याउने तयारी गरेको छ । डिस्कभर १२५ सिसिको नयाँ अवतार बैशाख १५ मा जनकपुरको जानकी मन्दिरको प्रांगडमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

कार्यक्रममा विभिन्न कलाकारहरुको रमाइलो प्रस्तुति समेत रहने कम्पनीले जनाएको छ ।त्यस्तै कम्पनीले सो अवसरमा जनकपुरको जानकी मन्दिरको संरचनात्मक विकासको लागि योगदान गर्ने योजना समेत बनाएको छ ।

नयाँ डिस्कभरमा एलइडी डिआरएल हेडल्याम्प र डिजीटल कन्सोल रहेको छ । जसले बाइकलाई पृथक लुक र चालकलाई सहुलियत प्रदान गर्ने कम्पनीको दाबि छ ।

नयाँ आकर्षक डिजाइन १६ प्रतिशत लामो सपेन्सन,नयाँ टेक्सचर भएको सिट,नयाँ आकर्षक टेल लाइट र अझ उत्कृष्ट डिटीएसआई इन्जिन नयाँ डिस्कभरको विशेषता रहेको कम्पनीले जनाएको छ । यसले ग्राहकको मन जित्ने कुरामा विश्वस्त रहेको कम्पनीले जनाएको छ । (नयाँ पत्रिका)