कीवर्डहरू -

गाई-वस्तु दुहुने यन्त्र \'मिल्किङ पार्लर’ को प्रयोग बढ्दै

गाई-वस्तु दुहुने यन्त्र \'मिल्किङ पार्लर’ को प्रयोग बढ्दै

किसानहरुले एकै पटकमा गाईको दुध दुहुनको लागि 'मिल्किङ पार्लर प्रविधिको प्रयोग शुरु गरेका छन् । नेपालमा व्यवसायिक रुपले १० वा सो भन्दा बढी पशुपालन गर्ने किसानहरुले उक्त दुध दुहुने मेशिनको प्रयोग शुरु गरेका हुन् ।

केही वर्ष पहिलेदेखि नेपालमा व्यावसायिक किसानले मिल्किङ पार्लरको प्रयोग शुरु गरेको पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउँछन् ।

यी उपकरणका कारण जनशक्ति बचत हुने समेत उनले बताए । उनि भन्छन ,“ मिल्किङ पार्लरले केही मिनेटमा सबै दूध दुहिसक्छ ।

दूधलाई सफा बनाउनका लागि पनि मिल्किङ पार्लरले सहयोग गर्ने डा झाले बताए । उनका अनुसार किसानले गोठको अरु काम सकेर दूध दुहुँदा हात सफा नहुन सक्छ तर यन्त्रले गर्दा दूध सफा हुने बढी सम्भावना हुन्छ ।''

धेरै संख्यामा पशु पाल्नेका लागि मिल्किङ पार्लर सजिलो भएको किसानले बताउँदै आएका छन् । हातले दुहुँदा किसानले दूध सबै दुहुन नसके पनि उपकरणले सबै निखार्छ ।

शहरी क्षेत्रमा व्यावसायिक रुपमा पशुपालन गर्नेको संख्या बढ्दा विभिन्न उपकरणको प्रयोग बढ्दो छ । पशुपालनमा प्रयोग हुने उपकरण ग्रामीण क्षेत्रसम्म भने फैलन सकेको छैन् ।