कीवर्डहरू -

वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न सीएसआईटी एशोसिएसन अफ नेपालको आग्रह

वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न सीएसआईटी एशोसिएसन अफ नेपालको आग्रह

कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (सीएसआईटी) एशोसिएसन अफ नेपालले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

बिहिबार एक विज्ञप्ति सार्वजनिक गर्दै सीएसआईटी एशोसिएसनले विद्यार्थीलाई सहज हुने गरी वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने पक्रिया अगाडि बढाउन त्रिभुवन विश्वविद्यालय अन्तरगतको विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिन कार्यालयलाई अनुरोध गरेको हो ।

पठनपाठनका गतिविधि केही समयसम्म स्थगित रहने भएपनि भौतिक उपस्थितिमै परिक्षा सञ्चालनले गर्ने कुरामा गम्भिर ध्यानाकर्षण भएको संस्थाले जनाएको छ ।

परीक्षा निकै महत्वपूर्ण विषय भएपनि कोरोना संक्रमितको संख्या प्रत्येक दिन बढिरहेकाले यस जटिल परिस्थितिलाई मध्यनजर गर्दै वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने पक्रिया अगाडि बढाउन त्रिवि अन्तरगतको विज्ञान तथा प्रविधि अध्ययन संस्थानलाई आग्रह गरेको हो ।

यस्तो छ विज्ञप्ति

\"\"