कीवर्डहरू -

के स्मार्ट टेलिकमको सेयर जापानी कम्पनी ओसीसीले किन्न लागेको हो ? यस्तो छ उसको प्रतिक्रिया 

के स्मार्ट टेलिकमको सेयर जापानी कम्पनी ओसीसीले किन्न लागेको हो ? यस्तो छ उसको प्रतिक्रिया 

नेपालको स्मार्ट टेलिकम कम्पनीको बहुमत सेयर जापानी कम्पनी ओसियन केवल एण्ड कम्युनिकेशन (ओसीसी कर्पोरेशन)ले किन्न लागेको भन्ने समाचार नेपाली मिडियामा आएसँगै उसले प्रतिक्रिया जनाएको छ ।

ओसीसीले आफ्नो वेभसाइटमा प्रेस रिलिज जारी गर्दैै टेलिकम कम्पनीको सेयर किन्न लागेको भन्ने समाचार अस्विकार गरेको छ।

उसले आफ्नो विज्ञप्तिमा कुन देशको कुन कम्पनी भन्ने नाम भने उल्लेख गरेको छैन ।

‘ओसीसी कर्पोरेसनले कुनै एक देशको टेलिकम कम्पनी किन्न लागेको भन्ने समाचार अनलाइनहरुमा आएको पाइयो । तर, यो कुरा सत्य होइन,’ उसले विज्ञप्तिमा भनेको छ ।