कीवर्डहरू -

हुम्ली महिला सूचना प्रविधिमा साक्षर बन्दै

हुम्ली महिला सूचना प्रविधिमा साक्षर बन्दै

सुचना तथा संचार प्रविधिमा महिलाहरुको पहुँच पुर्याउने उद्देश्यले विश्वभर मनाइने '' सूचना संचार प्रविधिमा महिलाको सहभागिता २०१८ '' कार्यक्रम हुम्लामा मनाइदै छ । नेपाल दुरसंचार प्राधिकरणको सहकार्य र सुचना तथा संचार प्रविधि समाज ( SICT Nepal) र स्वावलंबन विकास प्रवर्धन केन्द्र नेपालको संयुक्त आयोजनामा यहि वैशाख १६ गतेबाट तीन दिनको लागि " आधारभूत सूचना र संचार प्रविधि र ब्लगिङ्ग बारे कार्यशाला सुरु भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले गर्नुभएको थियो । उक्त उद्घाटनको क्रममा बोल्दै वहाँले हुम्लामा दिनानुदिन महिला विद्यार्थीको संख्या बढी रहेको र पुरुषको संख्या घट्दै गएको तथा हुम्ला आँफैमा पिछडिएको कारण यस्ता कार्यक्रममा महिला मात्र सहभागी नगराई समग्रमा सम्पूर्ण बिद्यार्थीहरुमा पहुँच पुर्याउनु पर्ने  बताउनुभएको थियो ।

त्यसैगरी प्रमुख जिल्ला शिक्षा अधिकारी मदन कुमार थापाले समग्र पहुँचमा काम गर्न र जिल्लामा रहेका सबै बिद्यालयलाई प्रविधि मैत्री बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो | कार्यक्रममा महिला शिक्षक , उद्योगकर्मी , सिमिकोट गाउपालिका अध्यक्ष , जिल्ला युवा समिति , समेतको उपस्थिती रहेको थियो |