कीवर्डहरू -

एलजीको स्मार्ट रेफ्रिजेरेटर बजारमा

एलजीको स्मार्ट रेफ्रिजेरेटर बजारमा

नेपालको लागि एलजी ब्रान्डको आधिकारिक विक्रेता सिजी इम्पेक्सले नयाँ प्रबिधि तथा कम बिजुली खपत गर्ने प्रविधि युक्त डबल डोर रेफ्रिजेरेटर भित्र्याएको छ ।

कम्पनीले उपभोक्ताहरुको आवश्यकतालाई ध्यानमा राखेर नयाँ प्रविधिको रेफ्रिजेरेटर ल्याएको जनाएको छ ।

एलजीको डबल डोर रेफ्रिजेरेटरले १४ दिनसम्म खानेकुराहरु ताजा राख्ने र ३२ प्रतिशत उर्जाको बचत गर्ने कम्पनीको दाबी छ । यसको साथमा कम्पनीले उपभोक्ताहरुलाई  कम्प्रेसरमा १० बर्षको वारेन्टी समेत दिएको छ ।

यो  रेफ्रिजेरेटरमा डोर कुलिङको सुबिधा भएको कारण फ्रिज भित्र तापक्रम थपघट गरि रेफ्रिजेरेटरलाई अन्य सामान्य कुलीङ भन्दा ३५ प्रतिशत छिटो चिसो बनाउन सक्छ ।

डोर कुलिङि फिचरले भित्रि भाग र ढोकाको बीचको तापक्रम अन्तर घटाउने जनाइएको छ । जसले गर्दा खानेकुरालामो समय सम्म ताजा रहन्छ ।

स्मार्ट डाइग्नोसिसले मोबाइल एप्लिकेशनको माध्यमबाट फ्रिजलाई कन्ट्रोल गर्न सकिन्छ । एलजीको यो रेफ्रिजेरेटरमा अटो स्मार्ट कनेक्ट फिचर पनि छ, जसको सहायताले फ्रिजलाई होम इन्भर्टरमा जोड्न सकिन्छ ।

यसमा रहेको डबल टिवस्ट आइस ट्रे फिचरको सहायताले धेरै आइस चाहिएमा सजिलै बनाउन सकिने कम्पनीको दाबी छ । साथै यो रेफ्रिजेरेटरमा दुई लिटरका ठुला बोतल राख्ने पर्याप्त ठाउँका साथै कम भोल्टेजमा पनि काम गर्न सक्ने क्षमता छ ।