कीवर्डहरू -

अपांगता भएकाहरुको लागि ह्याकथन सम्पन्न, प्राइम कलेजका बिद्यार्थीले जिते प्रथम पुरस्कार

अपांगता भएकाहरुको लागि ह्याकथन सम्पन्न, प्राइम कलेजका बिद्यार्थीले जिते प्रथम पुरस्कार

अपांगता भएका व्यक्तिहरुको लागि ह्याकथन प्रतियोगिता सम्पन्न भएको छ । मेरो साथी मोबाइल एप डेभलप गर्ने प्राइम कलेज टिम ह्याकथन " HACKATHON ON ACCESSIBLE AND INCLUSIVE ICT FOR PERSONS WITH DISABILITIES " प्रतियोगितामा बेस्ट टिम ठहरिएको छ । उक्त टीमले असक्षम व्यक्तिहरुका लागि आईसीटी मैत्री उपकरणहरू विकास गरे वापत रु ५० हजार जित्न सफल भएको थियो ।

उक्त प्रतियोगितामा जम्मा १० वटा टिमहरु प्रतिष्पर्धिको रुपमा सहभागी भएका थिए । उक्त प्रतियोगितामा प्रतिष्पर्धिहरुले प्रि-ह्याकथन सहितको एक महिनाको डिसएबिलिटी लिडर्स वर्कशपमा समेत कडा सहभागिता जनाएका थिए ।

यसका साथै न्यु समिट कलेजको टिम उक्त प्रतियोगितामा फर्स्ट रनर अप बन्दै रु ३० हजार र इन्स्टिच्युट अफ इन्जीनियरिङ  कलेज सेकेन्ड रनर अप बन्दै क्रमश: रु.२० हजार रुपैयाँ जित्न सफल भएको थियो ।

प्रतिष्पर्धामा मनोहर कुमार भट्टराई,आनन्द राज खनाल दिनेश कौशल तथा असगर अलि लगायतका सिनियर आइसिटि एक्स्पर्टहरु जुरीको रुपमा रहेका थिए । विजेता टिमले आवाजमा समस्या भएका तथा एन्जाइटिको समस्या भएका मानिसहरुका लागि उपयोगी कम्युनिकेशन टूलको प्रोटोटाइपको विकास गरेका थिए ।

\"\"

यसैगरि फर्स्ट रनरअप टीमले श्रवण शक्ति कम भएका बालबालिकाहरुका लागि नेपाली भाषा सिक्न र उनीहरु सँगै बस्ने व्यक्तिहरुको लागि साइन ल्याङग्वेज सिक्नको लागि ल्याङग्वेज लर्निङ टूल भाषा बड्डीको विकास गरेका थिए ।

इस्लिंगटन कलेज,टेक्सास कलेज पनि ह्याकथनको फाइनालिस्ट बन्न सफल भएका थिए । यसका साथै प्रि ह्याकथनमा  हिमालयन इन्जिनियरिंग कलेज,एपेक्स तथा कान्तिपुर सिटि कलेज लगायत अन्य आइटी कलेजहरुको समेत सहभागिता रहेको थियो ।

उक्त प्रकृयामा सहभागीहरुलाई डा.सन्जिब पाण्डे (Assistant Professor, IOE, Pulchowk) , सुभाष ढकाल (Director, Department of Information Technology), शक्ति श्रेष्ठ ( Chief Technological Officer, Shangrila Microsystem Private Limited ) तथा आशिष गौतम ( Project Manager, E-Sewa) लगायतका आइटि एक्स्पर्टहरुले ट्रेनिङ,सल्लाह तथा सुझाव दिएका थिए ।

\"\"

उक्त कार्यक्रमलाई फोर्ड फाउन्डेसनले सपोर्ट गरेको थियो भने श्रीलंकाको LIRNEasia कम्पनी, इन्टरनेट सोसाइटि नेपाल,सेन्टर फर ल एण्ड टेक्नोलोजी प्राइभेट लिमिटेड तथा वुमन ग्रुप फर डिसएबिलिटी राइट्स लगायतका संस्थाहरुले  नेशनल आइसिटि डे को अवसरमा अर्गानाइज गरेका  थिए ।