कीवर्डहरू -

बुढानिकलकण्ठमा पहुचयुक्त शुसासन कार्यक्रम आयोजना हुदै

बुढानिकलकण्ठमा पहुचयुक्त शुसासन कार्यक्रम आयोजना हुदै

भर्याङ नेपाल नामक संस्थाले देशभर सरकारी कामकाज प्रविधिमैत्री बनाउनको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको जनाएको छ । पहिलो कार्यक्रमको रुपमा बैशाख २१ गते शुक्रवार बुढानिलकण्ठ नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरुको उपस्थितीमा उक्त कार्यक्रम आयोजना गर्ने संस्थाले जनाएको छ । 

नेपाहरुले स्मार्ट सिटीको नारामात्र लगाए तर यसतर्फ के गर्ने भन्नेकुरामा नै कन्फ्युजन छ, तसर्थ हरेक स्थानिय निकायमा सचेतना र जागरुकताको लागि कार्यक्रमको आवश्यक्ता महशुस गरेर यसको सुरुवात गरिएको कार्यक्रमका संयोजक श्याम श्रेष्ठले जानकारी दिए । 


विकासको लागि सूचना प्रविधिलाइ मुख्य टुल्सको रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिदै एक्सेसेवल गुड गर्भनेन्स कार्यक्रम सञ्चालन गरिएको संस्थाका उपाध्यक्ष तुषार न्यौपानेले बताए । बुढानिलकण्ठको पार्क भिलेज रिसोर्टमा हुने कार्यक्रममा सरकारी सेवा र सुविधालाइ कसरी जनतासँग सहज पहुच स्थापित गर्न सकिन्छ भन्नेबारेमा कार्यपत्र र प्यानल डिस्कसन सञ्चालन हुनेछ ।


पारदर्शिता र शुसासनको लागि प्रविधिको सहि प्रयोग गर्नेतर्फ जोड दिने उक्त कार्यक्रममा इसेवा, ब्रेनडिजिट, साइबरनेटिक्स र नगरपालिकाको तर्फबाट कार्यपत्र पस्तुत हुने उक्त कार्यक्रममार्फत जनप्रतिनिधिहरुलाइ अझ कृयाशिल बनाउने बुढानिलकण्ठ नगरपालिका वडा न ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।

प्रविधिमैत्री सुन्दर बुढानिलकण्ठ बनाउन धेरै काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउदै श्रेष्ठले आफ्नो वडाबाट केहि काम सुरु गरेको जानकारी दिए ।