कीवर्डहरू -

४ जीबी र्याम र डुअल क्यामेरा सहितको सामसुङको ग्यालेक्सी जे ७ डुओ अब नेपाली बजारमा

४ जीबी र्याम र डुअल क्यामेरा सहितको सामसुङको ग्यालेक्सी जे ७ डुओ अब नेपाली बजारमा

केहि हफ्ता अघि मात्र सार्वजनिक भएको सामसुङ ग्यालेक्सी जे ७ डुओ,सामसुङ नेपालले अब नेपाली बजारमा पनि सार्वजनिक गरेको छ । सामसुङको उक्त स्मार्टफोन केहि उत्कृष्ट फिचर सहित आएको छ । कम्पनीले उक्त डिभाइसको नेपाली मूल्य रु २८ हजार ९ सय ९० तोकेको छ ।

सामसुङको ग्यालेक्सी जे ७ डुओमा ५.५ इन्च,७२०/१२८० पिक्सेलको रेजोलुसन छ ,१६:९ एस्पेक्ट रेसियो र सुपर एमोलेड डिस्प्ले छ । यसको सम्पूर्ण बडी प्लास्टिक व्दारा निर्मित छ र सिंगल तथा डुअल सिम सपोर्ट गर्छ ।

सामसुङको यो फोनमा मुख्य फिचर भनेको यसमा रहेको डुअल क्यामेरा हो । रियरमा १३ मेगापिक्सेल र ५ मेगापिक्सेलको सेन्सर दिएको छ, जसमा एलइडी फ्ल्याश तथा एफ/१.९ एपर्चर छ । यो फोनले पहिलो पटक ग्यालेक्सी नोट ८ मा देखा परेको लाइभ फोकस फिचर समेत सपोर्ट गर्छ । साथमा यसबाट प्रयोगकर्ताहरुले बोके इफेक्टमा समेत तस्बिर लिन सक्नेछन ।

यसैगरि सेल्फीको लागि,यसमा सिंगल ८ मेगपिक्सेलको सेन्सर दिईएको छ,जसमा एफ/१.९ अपर्चर र एलइडी फ्ल्यास फिचर समावेश छ । फोनको भित्रि भागको कुरा गर्दा,यसमा एक्सिनस ७ सीरिजको ओक्टाकोर प्रोसेसरको प्रयोग गरिएको छ र साथमा ४ जीबी र्याम छ ।

मिडिया फाइलहरुलाई फोनमा सेभ गर्नको लागि ३२ जीबीको इन्टरनल स्टोरेज दिइएको छ र आवश्यकता अनुसार यसलाई एसडीकार्डको मद्दतले बढाउन समेत सकिन्छ । यो नयाँ फोन एन्ड्रोइड अपरेटिङ सिस्टम ८.० ओरियोमा चल्छ ।

यसका साथै फोनमा यी सम्पूर्ण कुराहरु संचालन गर्नका लागि ३००० एमएएचको रिमुभेबल ब्याट्री प्याक भएको छ ।यसैगरि फोनमा कनेक्टिभिटीको लागि वाईफाई,ब्लुटुथ ४.२,जीपीएस,युएसबि,एफएम रेडियो छन भने फिंगरप्रिन्ट,प्रोक्सीमिटि,फिंगरप्रिन्ट तथा एक्सेलेरोमिटर लगायतका सेन्सरहरु समेत यो फोनमा समावेश गरिएको छ ।