कीवर्डहरू -

ओपोले सार्वजनिक गर्यो मिडरेन्ज स्मार्टफोन \' ओपो ए ३ \'

ओपोले  सार्वजनिक गर्यो   मिडरेन्ज स्मार्टफोन \' ओपो ए ३ \'

ओपोले चीनमा आफ्नो मिडरेन्ज स्मार्टफोन ए ३ सार्वजनिक गरेको छ । ओपोको यो नयाँ ह्यान्डसेटको  मुख्य बिशेषताहरु भनेको यो लामो,नच बेस्ड डिस्प्ले तथा नयाँ एन्ड्रोइड ओरियो ओएस हुन् ।

कम्पनीले उक्त फोनको मूल्य २,०९९ चीनी युआन तोकेको छ । साथै ब्ल्याक,सिल्भर,पिंक तथा रेड कलर अप्सनमा यो चीनको बजारमा  उपलब्ध छ । ओपोको यो ए ३ चीन बाहेकका अन्य देशमा कहिले सार्वजनिक हुने भन्ने बारेमा कम्पनीले केहि बताएको छैन् ।

ओपो ए ३ मा एज टु एज डिस्प्ले डिजाइन छैन साथै यसमा डुअल क्यामेरा सेटअप  समेत समावेस छैन् । तर स्मार्टफोनले फेसियल रेकग्नीशन फिचर भने अफर गरेको छ र कम्पनीले ०.०८ सेकेन्डमा अनलक हुने दावी गरेको छ ।

ओपो ए ३ मा ६.२ इन्चको एलसिडी फुलएचडी डिस्प्ले छ,जसको अनुपात १९:९ रेसियोको रहेको छ । यसको भित्रि फिचरको कुरा गर्दा मिडियाटेक हेलियो पी ६० ओक्टाकोर २ गिगाहर्जको प्रोसेसर छ । साथसाथै युजरलाई नयाँ अनुभव दिनका लागि एआइ स्मार्ट चिप समेत समावेस छ ।

अप्टिकको बारेमा कुरा गर्दा यसमा १६ मेगापिक्सेलको रियर क्यामेरा छ,जसमा एफ/१.८ एपर्चर छ । साथै सेल्फी तथा भिडियो कलिंगको लागि एफ/२.२ एपर्चर सहितको ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

ओपोको यो मिडरेन्ज स्मार्टफोनमा ३४०० एमएएचको ब्याट्रीको प्रयोग गरिएको छ । यो फोन एन्ड्रोइड ओरियो कलर्स ५.० अपरेटिङ सिस्टममा चल्छ ।