कीवर्डहरू -

सरकारको तर्फबाट मनाइयो आइसिटी दिवस, सूचना प्रबिधिले देशको सम्रिद्दीमा सहयोग गर्ने  

सरकारको तर्फबाट मनाइयो आइसिटी दिवस, सूचना प्रबिधिले देशको सम्रिद्दीमा सहयोग गर्ने  

नेपाल सरकारको तर्फबाट पहिलो पटक आइसिटी दिवस मनाइएको छ । मे २ मा विगत ८ वर्षदेखि क्यान महासंघले मनाइरहेको आइसिटी दिवसलाइ सरकारले गत वर्ष राष्ट्रिय आइसिटी दिवसको रुपमा घोषणा गरेको थियो । बुधवार काठमाण्डौमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै सूचना तथा सञ्चार प्रविधि दिवस मनाइएको हो ।


दिवसको सुरुवातमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दुरसञ्चार प्राधिकरण, क्यान महासंघ लगायतले संयुक्त रुपमा प्रभातफेरी सम्पन्न गरेका थिए । दिउसो २ बजे पर्यटन बोर्डमा सूचना प्रविधिको मार्फतबाट कसरी देशमा समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा अन्तकृया सम्पन्न भएको थियो ।


डियवाल्कका अध्यक्ष डा. रुद्ध पाण्डे, पुलचोक इन्जिनियरिङ क्याम्पसका एसोसिएट प्रोफेसर डा. ज्योती तण्डुकार र प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अलीले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए । रुद्ध पाण्डेले सफ्टवेयर, शिक्षा र पर्यटनको माध्यमबाट देशको व्यपार घाटा घटाउन सकिने र समृद्ध बनाउन सकिने तर्क राखेका थिए ।


तण्डुकारले आइसिटी र इनोभेसनमा जोड दिन सकेमा थोरै लगानी र रिसोर्समा धेरै काम गर्न सकिने बताए । अश्गर अलीले अब देशलाइ समृद्ध बनाउन प्रविधिको भरपुर उपयोग गर्नेतर्फ अघि बढेको बताउदै एकिकृत डेटा प्रणाली सुरु गर्ने तयारी गरेको बताए ।


यसैगरी कार्यक्रमको अन्तिम चरणमा यस क्षेत्रमा योगदान दिने विभिन्न व्यत्तिहरुलाइ सम्मान गरिएको थियो । सम्मानित हुने व्यत्तिहरुमा शुरेश पुडासैनी, दिनेश कुमार शर्मा र विश्वास ढकाल रहेका छन । उनिहरुलाई सूचना प्रविधिको क्षेत्रमा लामो समयदेखि दिएको योगदान स्वरुप सरकारले सम्मान गरेको हो । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले अब सरकारले आफु सुद्धिकरण गर्दै अरुलाइ सुद्धिकरण अभियान चलाइरहेको कारण सबैले साच्चिकै काम गर्न आग्रह गरे । एक वर्षमा यो क्षेत्रले गुणात्मक फड्को मार्नुपर्ने तर्फ काम गर्न सबै सरकारी तथा नीजि संस्थाहरुलाइ आब्ह्वान गरे ।

\"\"
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द«मान गुरुङको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम उपलब्धीमुलक रहेको बताए । सरकारले सूचना प्रविधि ऐन ल्याइरहेको र अरु पनि धेरै नीतिगत काम भइरहेको कारण अब सरकारले सूचना प्रविधिलाइ प्राथमिकतामा राखेको बताए । अहिले देश आइसिटी इन्डेक्समा १ सय ४० औ स्थानमा रहेको बताउदै अबको एक वर्षमा हामिले सयभदा तल आउनेगरी काम गर्नुपर्ने बताए ।