कीवर्डहरू -

ट्विटरमा समस्या, तत्काल पासवर्ड परिवर्तन गर्न आग्रह

ट्विटरमा समस्या, तत्काल पासवर्ड परिवर्तन गर्न आग्रह

विश्वभरमा लोकप्रिय सामाजिक संजाल ट्वीटरले आन्तरिक नेटवर्कमा समस्याको कारण देखाउदै आफ्ना ३३० मिलियन प्रयोगकर्तालाई आफ्नो ट्वीटर अकाउन्टको पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ ।

यद्यपि पासवर्ड चोरी भएको या कुनै दुरुपयोग भएको प्रमाण भने पाइएको छैन । तर , सावधानी अपनाउन पासवर्ड परिवर्तन गर्नुपर्ने ट्विटरले बताएको छ ।

ट्विटरमा देखिएको समस्याबाट कति प्रयोगकर्ता प्रभावित भए भन्ने कुराको जानकारी भने दिइएको छैन ।

ट्विटरका कार्यकारी प्रमुख ज्याक डोरसेले भनेका छन् , ‘ हालै हामीले केही बग फेला पत्ता लगायौं जहाँ मास्किङ/हृयासिङ प्रक्रिया पूरा गर्न आन्तरिक नेटवर्कमा केही लेखिएको थियो । त्यो समस्यालाई समाधान गरिसकिएको छ । दुरुपयोग भएको कुनै संकेत पनि पाइएन । र , हामीले यस आन्तरिक समस्याको बारेमा जानकारी दिँदा राम्रो हुन्छ ।