कीवर्डहरू -

६.३ इन्च डिस्प्ले र डुअल रियर क्यामेरा सहितको \'भिभो भी ९ यूथ\' अब नेपाली बजारमा

६.३ इन्च डिस्प्ले र डुअल रियर क्यामेरा सहितको \'भिभो भी ९ यूथ\' अब नेपाली बजारमा

भिभोले आफ्नो लेटेस्ट स्मार्टफोन Vivo V9 Youth नेपाली बजारमा लन्च गरेको छ । भिभोले फेरी V9 सिरिजको अर्को नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।

भिभो मोबाइल नेपालले केहि समय अघिमात्रै आफ्नो बहुप्रतिक्षित मिडरेन्ज फ्ल्यागशिप मोडल भिभो भी ९ सार्वजनिक गरेको थियो ।

Vivo V9 सिरिजको भीभो भी ९ युथ ६.३ इन्चको ठुलो फुलभ्यू डिस्प्ले रहेको छ । साथमा यसमा आइफोनको याद ताजा गराउने नच समेत रहेको छ ।

यो मिडरेन्ज फोनको मुख्य हाइलाइट यसमा रहेको एआइ इन्टिग्रेसन सहितको १६ मेगापिक्सेलको सेल्फि क्यामेरा र रियरमा रहेको डुअल क्यामेरालाई गरिएको छ ।

यसको डिजाइनलाई हेर्दा यो भिभो भी ९ जस्तै देखिन्छ । फनटच ओएस ४.० मा आधारित एन्ड्रोइड ८.१ ओरियो अपरेटीङ सिस्टममा यो फोन रन गर्छ । यसको डिस्प्लेको एस्पेक्ट रेसियो १९:९ छ ।

ओक्टाकोर स्नापड्रागन ४५० को प्रोसेसर १.८ गिगाहर्ज क्लक स्पिडमा छ साथै  ४ जीबी र्याम छ। यसकारण भिभो भी ९ यूथले राम्रो प्रस्तुति दिने देखिन्छ ।

अप्टिक्सको बारेमा कुरा गर्दा,भिभो भी ९ यूथमा डुअल रियर क्यामेरा छ,जसमा १६ एमपीको प्राइमरि सेन्सर र २ एमपीको सेकेण्डरी सेन्सर छ । साथमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

यो ह्याण्डसेटको क्यामेरामा एक्स्पोजर् तथा आइएसओ कन्ट्रोल,डिजिटल जुम,अटो फ्ल्याश,फेस डिटेक्सन र एलइडी फ्ल्यास जस्ता फिचरहरु समावेश छन्,यसकारण मोबाइल फोटोग्राफी गर्न रुचाउने प्रयोगकर्ताहरुको लागि यो फोन एकदमै उपयुक्त हुने देखिन्छ ।

यो मिडरेन्ज फोनमा ३२ जीबीको अनबोर्ड स्टोरेज छ र यसलाई २५६ जीबी सम्म बढाउन सकिन्छ । यसका साथै यी सम्पूर्ण कुराहरु अपरेट गर्नका लागि ३२६० एमएएचको ब्याट्रीको प्रयोग भएको छ ।

यो स्मार्टफोन कम्पिटिटिभ प्राइसमा संपूर्ण फिचर समावेश भएको पावरफुल स्मार्टफोन चाहने प्रयोगकर्ताहरुको लागि उत्तम छ ।

भिभो भी ९ यूथमा 'गेम मोड' फिचर समेत छ। जसले फोनमा गेम खेलिरहेको अवस्थामा आउने फोनकल,म्यासेज तथा अन्य अलर्टहरुलाई रोक्न मद्दत गर्छ ।

यो फोन नेपाली बजारमा स्याम्पेन गोल्ड र पर्ल ब्लाक गरि दुइवटा कलर भेरियेंट मा उपलब्ध छ र यसको मूल्य २९ हजार ३ सय ९० तोकिएको छ ।