फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । पुस २९ गते एलिस कन्फरेन्स, पुल्चोकमा साधारणसभा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी फोनपेको शेयरधनीहरुलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांस (कर समेत) वितरण गर्ने निर्णय गरेको छ ।
साथै, आ.व. २०८१÷८२ को लेखापरिक्षकको लागि एनबीएसएम एण्ड एशोशिएट्सलाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।