कीवर्डहरू -

हराएको फोनलाई लक गर्ने र ठाँउ पत्ता लाउने तरिका

हराएको फोनलाई लक गर्ने र ठाँउ पत्ता लाउने तरिका

एन्ड्रोइड डिभाइस मेनेजर (एडिएम) को प्रयोग गरेर मोबाइलको अन्तिम पटक प्रयोग कहाँ भएको हो त्यहाँको लोकेसन पत्ता लगाउन सकिन्छ । त्यसका लागि निम्न कार्य गनुपर्ने हुन्छ ।

१. पहिला एन्ड्रोइड डिभाइस मेनेजर को वेबसाइट www.google.com/android/devicemanager मा साइन–इन गर्नुहोस र तपाइको मोबाइल नै सेलेक्ट भएको छ भनेर पक्का गर्नुहोस ।

\"\"
२. अब यहाँ बाट तपाइको मोबाइलको लग्भग वरपरको लोकेसन देखिन थाल्छ । तपाइले अब फोन लक गर्न, डाटा इरेज गर्न, डिफाइस रिङ गर्न सक्नुहुन्छ । यसो गर्दा तपाइको फोन साइलेन्टमा भएपनि ५ मिनेट सम्म लगातार रिङ गर्छ ।

३. आउदा दिनमा आफ्नो फोनलाई छिटै भेटाउनकालागि गुगलमा गएर “फाइन्ड माइ फोन” अप्सन प्रयोग गर्न सकिन्छ ।