कीवर्डहरू -

बजेट स्मार्टफोन - टम्बो टिए ३

बजेट स्मार्टफोन - टम्बो टिए ३

नेपालमा पछिल्लो समय टम्बो सुपरफोन टिए ३ नामका फोन सार्वजनिक भएको छ । जुन सस्तो मुल्यका स्मार्टफोनहरु रहेको छ । टम्बो मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिईने कम्पनीले बताएको छ ।


टम्बो टिए ३ मा ४.९५ इन्चको स्क्रिन र २.५ डिको कर्भड ग्लास डिस्प्ले रहेको छ । यसमा १ जिबी र्याम रहेको छ भने १६ जिबीको इन्टरनल स्टोरेज क्षमता रहेको छ । सस्तो मुल्यमा स्मार्टफोन खोज्नेहरुको लागि लक्षित गरिएको यो स्मार्टफोनमा ५ मेगापिक्सलको रियर र सोहि मेगापिक्स बराबरको सेल्फी क्यामेरा पनि रहेको छ ।

\"\"
यसले ओटीजी सपोर्ट गर्दछ भने फेस रिकग्निशन, फिंङगरप्रिन्ट सेन्सर लगायतका विशेषता रहेका छन । फोनमा त्यस्तो नयाँ फिचर केहि नभएपनि यसको सपोर्ट र वारेन्टी राम्रो रहेको छ । यसले फोरजी सिम सपोर्ट गर्दछ र स्क्रिन फुल भ्यु डिस्प्लेमा नै रहेको छ । यसको बजार मुल्य १० हजार ३ सय ४९ रहेको छ ।