कीवर्डहरू -

रातो बंगला स्कुललाई डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२१ 

रातो बंगला स्कुललाई डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२१ 

डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२१ रातो बंगला स्कुलले पाएको छ । शुक्रबार सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा ललितपुरको रातो बंगला स्कुललाई उक्त अवार्ड प्रदान गरिएको हो ।

सूचना प्रविधिको प्रयोग मार्फत शिक्षण सिकाई र अध्यापन राम्रो बनाएका निजी क्षेत्रका स्कुललाई यो अवार्ड प्रदान गरिन्छ । यस विधाका विजेतालाई जेनेस सोलुसनले १ वर्षका लागि जुम प्रोको लाइसेन्स निःशुल्क दिनेछ ।