कीवर्डहरू -

आउदो बिहिबार देखि आइटी मेला २०१८ शुरु हुँदै

आउदो बिहिबार देखि आइटी मेला २०१८ शुरु हुँदै

यहि २०१८ को जनवरी ५ र ६ मा काभ्रेको आइटी पार्कमा काठमाण्डौ युनीभर्सिटी कम्प्युटर क्लबले (केयुसीसी) ले  आयोजना गर्न लागेको आइटी मेलाको लागि मिति २०७४ पौष १६ गते  पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । केयुसीसीले आइटी मीट २०१८,सातौ पटक हुन गईरहेको जानकारी दिएको छ । त्यस्तै उक्त मेला डिस्कभर,डेभलप र डीप्लोई भन्ने स्लोगनका साथ शुरु हुन लागेको छ । अर्थात् प्राबिधिक परिवर्तनका डिस्कभरि आइडिया चाहिन्छ र सो परिवर्तन देख्न सकिने बनाउनको लागि आइडिया डेभलप गरिनु पर्छ साथै कस्तो परिवर्तन भयो सो कुराको मुल्यांकन गर्नका लागि ति आइडियाहरुलाई पहिले  तैनाथ गरिनु पर्छ ।

त्यस्तै उक्त सम्मेलनमा आइटी मेला आयोजना गर्नुको लक्ष्य नै  नेपालमा भइरहेका कुनै पनि प्रकारका नयाँ प्राबिधिक परिवर्तनका अवधराणाहरु समक्ष पहुँच पुर्याउनु  तथा नेपाल जस्तो देशमा आइसिटिको विकाशलाई माथिल्लो स्तरसम्म पुर्याउन प्रचार गर्नु रहेको बताइयो । उक्त इभेन्टको थिम भने "आइसिटि फर एसडीजी"(सस्टेनेबल डेभलपमेन्ट गोल्स) रहेको प्रष्ट्याइयो ।

आइसीटी मेला २०१८ का बारेमा  निम्न इभेन्टहरु समाबेश गरिएको केयुसिसिले पत्रकार सम्मेलानमा जानकारी दिएको छ ।

ह्याकथन :

यो वर्ष ह्याकथनको लागि  स्पन्सर लिपफ्रग इन्क तथा सपोर्ट नेपाल टेली कम्युनिकेशन अथोरिटीले गरेको छ । यो ४० घन्टाको इभेन्ट हो र यसमा कोडर्स,डेभलपर्स तथा डीजाइनरहरु एकैठाउँमा च्यालेंजको लागि उपस्थित हुनेछन । उनीहरुले यस इभेन्टमा दिईएको समय भरिमा थिम तयार गर्नु पर्ने हुन्छ ।

डेभलपर्स मीट :

यो इभेन्टले धेरै प्रोग्रामिंग इनभारोमेंटमा काम गर्ने  व्यवसायीक व्यक्ति तथा बिद्यार्थीहरुलाई फोकस गर्दछ ।यो सेमिनारमा धेरै क्षेत्रका व्यवसायीक व्यक्ति तथा आइटी एक्सपर्टले आ-आफ्ना आइडिया तथा अनुभबहरु बाँड्ने गर्छन । यसकारण यहाँ सहभागीहरुले इन्डस्ट्री र एकाडेमी  सम्बन्धि ज्ञान लिने मौका  प्राप्त गर्दछन् ।

कोडिंग कम्पिटिसन:

यो कम्पिटिसनमा प्रतिस्पर्धीहरुलाई प्रोग्रामिंग प्रब्लम दिइन्छ र लिमिटेड टायम भित्र आफ्नो च्वाइसको प्रोग्रामिंग ल्यांग्वेजको प्रयोग गरेर त्यो प्रब्लम सल्भ गर्नु पर्ने हुन्छ ।

योमारी कोड क्याम:

यो ह्याकथन जस्तै इभेन्ट हो जहाँ सहभागी हरुले दिईएको निश्चित समयावधिमा युजफुल एप्लीकेशन तयार गर्नु पर्ने हुन्छ ।

साइबर गेमिंग कम्पिटिसन :

साइबर गेमिंग कल्चरलाई प्रोत्साहन गर्नका लागि यो कम्पिटिसन आयोजना गरिएको हो ।यसमा फिफा १८,डोटा २ तथा सीएस गो जस्ता गेमहरु राखिएको छ ।

डीजाइनिंग कम्पिटिसन:

यो कम्पिटिसन एउटा थिमसँगको क्रिएटिभिटिको आधारमा हुन्छ । सहभागीहरुले डीजाइनिंगको लागि डीजाइनिंग ल्यांग्वेज अथवा फोटोसपको पनि प्रयोग गर्न सक्नेछन् ।

प्रोजेक्ट डेमोन्स्ट्रेसन :

यो ईभेंटमा बिद्यार्थीहरुलाई आफ्नो प्रोजेक्ट भिजिटरहरुको माझमा प्रस्तुत गर्ने अवसर प्रदान गरिन्छ । हार्डवेयर तथा सफ्ट वेयर दुवै प्रोजेक्टहरु यहाँ प्रदर्शन गराईन्छ । यहाँ बिद्यार्थीहरुले सल्लाह तथा सुझाब प्राप्त गर्ने सुनौलो मौका पाउनेछन् ।

पाईथन मीटअप :

यस इभेन्टमा सहभागीहरुले पाईथन डेभलपरहरु सँग  भेट्ने तथा अन्तरक्रिया गर्ने मौका प्राप्त गर्नेछन् । त्यस्तै यहाँ आर्टिफिसियल इन्टेलिजेंस तथा पाईथन कम्युनीटिको बिषयमा कुराकानी केन्द्रित हुनेछ ।

नेपह्याक:

यो ईभेंट क्यापचर द फ्ल्याग(सीटिएफ) फ्रेमवर्कमा आधारित रहेको छ । यसमा सहभागीहरुले ह्याकिंग टिम टाइटलका लागि एकआपसमा प्रतिष्पर्धा गर्नु पर्नेछ । प्रतिष्पर्धिहरुले सेक्युरिटी तथा कमजोरीलाई तोड्नु पर्ने हुन्छ ।

आइटि क्विज :

यो वर्ष आइटी क्वीज काभ्रेपलान्चोक जिल्लाका प्लस टु पढ्ने बिद्यार्थीहरुलाई फोकस गरेर गरिने छ । क्वीज पूर्णतय आइटीमा  आधारित हुने छ । यो कार्यक्रम द्रुत गतिमा बढ्दै गरेको आइटीप्रति भर्खरका युवाहरुलाई प्रोत्साहित गर्न आयोजना गरिएको हो ।

गुगलिंङ :

यो इभेन्टमा, सहभागिहरुलाई प्रोब्लेम दिइन्छ र प्रतिस्पर्धीहरुले  सोलुसनको लागि गुगलको प्रयोग गर्नु पर्ने हुन्छ ।