कीवर्डहरू -

इन्जिनियरिङको स्नातक तहमा आईओईले खुलायो भर्ना, यसरी दिनुहोस् अनलाइन आवेदन

इन्जिनियरिङको स्नातक तहमा आईओईले खुलायो भर्ना, यसरी दिनुहोस् अनलाइन आवेदन

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले इन्जिनियरिङ कार्यक्रमका लागि स्नातक तहमा नयाँ भर्ना खुलाएको छ । आईओईले आफ्ना आङ्गिक कलेज तथा सम्बन्धन प्राप्त कलेजहरूका लागि इन्जिनियरिङका बी.ई र बीआर्क तर्फका विभिन्न कार्यक्रममा स्नातक तहमा भर्ना खुलाएको हो ।

त्यसका लागि माघ १३ गतेदेखि माघ २७ गतेसम्म प्रवेश परीक्षाको फाराम अनलाइनबाट भर्न सकिने छ । प्रवेश परीक्षा बापतको शुल्क २ हजार रुपैयाँ तोकिएको छ ।  अनलाइनबाटै फाराम भर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रवेश परीक्षा फाल्गुन ८ गते देखि सुरु हुनेछ । प्रवेश परिक्षा इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र पुल्चोकमा सिफ्ट मिलाएर सञ्चालन हुने आईओईले जनाएको छ ।

अनलाइनबाट फर्म भरेपछि परीक्षा शुल्क भुक्तानी गरेको भौचर अथवा डिजिटल वालेटबाट गरेको पेमेन्टको ट्रान्जेक्सन आईडी नम्बर उल्लेख गरेर आवश्यक दस्तावेजहरू आवेदन फारम सहित सबमिट गर्न सकिन्छ ।

\"\"