कीवर्डहरू -

स्वयंसेवी पर्यवेक्षकमा के सबै विश्वविद्यालयका आईटी पढ्ने विद्यार्थीले दिन पाउँछन् आवेदन ? 

स्वयंसेवी पर्यवेक्षकमा के सबै विश्वविद्यालयका आईटी पढ्ने विद्यार्थीले दिन पाउँछन् आवेदन ? 

सबै विश्वविद्यालयमा आईटी (सूचना प्रविधि) पढ्ने विद्यार्थीले स्वयंसेवी पर्यवेक्षकका लागि आवेदन दिन सक्ने भएका छन् । गत माघ १३ गते एक सूचना निकाल्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कम्प्युटर विज्ञान र सूचना प्रविधि केन्द्रिय विभागले सबै स्थानीय तहका लागि स्वयंसेवी पर्यवेक्षक (भोलेन्टियर सुपरभाइजर) माग गरेको थियो ।

उक्त सूचना अनुसार त्रिविका आईटी पढ्ने विद्यार्थीले मात्रै स्वयंसेवी पर्यवेक्षकका लागि आवेदन दिन पाउँछन् की अन्य विश्वविद्यालयमा पढ्नेले पनि पाउँछन् ? भन्ने प्रश्न आएपछि हामीले यो प्रश्न त्रिविको कम्प्युटर विज्ञान र सूचना प्रविधि केन्द्रिय विभागका प्रमुखलाई सोधेका छौं ।

केन्द्रिय विभागका प्रमुख नवराज पौडेलले स्वयंसेवी पर्यवेक्षकमा सबै विश्वविद्यालयका सूचना प्रविधि अर्थात आईटी पढ्ने विद्यार्थीले आवेदन दिन पाउने बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार र विभागबीच भएको समझदारी अनुसार ७५३ जना पर्यवेक्षक माग गरिएको हो ।

समझदारी अनुसार सूचना तथा प्रसारण प्रविधिमा आधारित एकीकृत स्थानीय तह वस्तुस्थिति विवरण तयारीका लागि स्थानीय तहमा कम्तिमा १ महिनाका लागि स्वयंसेवी पर्यवेक्षक परिचालन गर्नुपर्ने विभागको सूचनामा उल्लेख गरिएको छ ।

कसरी दिने आवेदन ?

यसमा आवेदन दिनका लागि सूचना प्रविधि विषयमा स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत, ल्यापटप तथा मोबाइल भएको हुनुपर्ने र युनिकोडमा नेपाली टाइपिङ गर्न सक्ने योग्यता तोकिएको छ ।

विद्यार्थीले आवेदनका साथ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, एसएलसी वा एसईई लगायत हालसम्मका शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, कुनै अनुभव भए सो को प्रतिलिपि र पासपोर्ट साइजको फोटो पेश गर्नुपर्नेछ ।

इच्छुकले आगामी माघ २३ गते भित्रमा आवेदन दिन सक्नेछन् । अन्तर्वाताबाट स्वयंसेवी पर्यवेक्षक छनोट हुनेछन् । अनलाइनबाटै स्वयंसेवी पर्यवेक्षकका लागि आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोस् ।

यो पनि पढ्नुहोस्ः आईटी पढ्ने विद्यार्थीलाई स्वयंसेवी पर्यवेक्षकको रूपमा स्थानीय तहमा खटाइदै, कसरी दिने आवेदन ?